काठमाडाैं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह बालेनले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध गरेका हुन् ।
बैठक सुरु हुनासाथ उनीहरूले उठेर अवरोध गरेका थिए । त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले बोल्न समय दिए । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै फिर्ता लिन माग गरे ।
विपक्षीले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिको विरोधमा उठेर अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन्। उनका अनुसार, बैठक भोलि १२:१५ बजे बजेसम्मका लागि स्थगित गरिएको हो ।


