काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह १८ दिनपछि संसदमा पुगेका छन्।
उनी वैशाख २८ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसद बैठकमा पुगेका थिए। त्यस दिन पनि उनी बैठकमा पूरा समय बसेका थिएनन्। उनी आफ्नै नीति तथा कार्यक्रममा पूरा नबसेको भन्दै बिरोध भइरहेको छ।
त्यस समयदेखि उनी संसदमा उपस्थित भएका थिएनन्। प्रतिपक्षी दलहरूले उनको उपस्थिति खोज्दै संसद बैठकसमेत अवरुद्ध गरेका थिए।
नीति तथा कार्यक्रमपछि उनी शुक्रबार संसदमा बजेट प्रस्तुत हुँदा पुगेका छन्।


