काठमाडौं । सर्वोच्च अदालतमा हिजाे र आज दुई दिन आंशिक रूपमा खुला भएकाे छ ।
सर्वोच्च प्रशासनका अनुसार लगातार चार दिन सार्वजनिक बिदा भएपछि अदालतले बन्दीप्रत्यक्षीकरण रिट दर्ता र सुनुवाइका लागि हिजाे र आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला हुने भएकाे छ ।
हिजाे बकर इद, आज गणतन्त्र दिवस र त्यसपछि शनिबार र आइतबार परेकोले लगातार चार दिन सार्वजनिक बिदा परेको हो ।


