बिहि, जेष्ठ १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनजी आन्दोलनका घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
जेनजी आन्दोलनका घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसक्रममा भएका घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री सुशीला कार्कीसहित अहिले बहाल रहेका १५ जना सांसदहरूमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। प्रतिवेदनमा घाइतेको निःशुल्क उपचार, बल प्रयोगको निष्पक्ष अनुसन्धान तथा पीडितलाई क्षतिपूर्तिको सिफारिस पनि गरिएको छ।

प्रदर्शनका क्रममा अत्यधिक बल प्रयोग भएको, केही स्थानमा मानव अधिकार उल्लंघनका घटना देखिएको तथा सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठेको पनि प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा घाइतेहरूको सम्पूर्ण उपचार तथा औषधि निःशुल्क गर्न सरकारलाई आग्रह गरिएको छ।

आयोगले घटनामा संलग्न जिम्मेवार पक्षमाथि कानुनी कारबाही गर्न, शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चित गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट कार्ययोजना बनाउन पनि सरकारलाई सिफारिस गरेको छ।

आयोगले सिफारिसमा भनेको छ, ‘जेनजी प्रदर्शनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने निजहरुको सामाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले निजहरु प्रदर्शनमा सहभागिता हुन सक्ने भनी संकलन गरेको प्रतिवेदनसमेतका आधारमा उल्लेख हुन आएको देखिदा भाद्र २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा निजहरुको संलग्नता रहे नरहेको, निजहरुको अभिव्यक्तिबाटसमेत प्रदर्शनकारीहरु आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरुबाट भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसुचित गराई उल्लिखित व्यक्तिहरुको स्वच्छ सुनुवाईको हक अधिकारको सुनिश्चतता सहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न ।’

मानव अधिकार आयोगकी सदस्य लिली थापा नेतृत्वको छानबिन समितिको आधारमा आयोगले रास्वपाका धेरै सांसदलाई विध्वंसमा जिम्मेवार बनाउनुपर्ने उल्लेख गरेको छ। छानबिन आयोगका अध्यक्ष गौरी कार्की, आन्दोलनपछिका गृहमन्त्री ओमप्रकाश अर्याल, तत्कालीन हामी नेपालका संस्थाका अध्यक्ष एवं पूर्वगृहमन्त्री सुधन गुरुङलाई पनि छानबिनको दायरामा ल्याउन प्रतिवेदनले माग गरेको छ।

हाल रास्वपाका सांसद रहेका हरि ढकाल, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजिव खत्री, केपी खनाल, दिपक बोहरा, मनिश झा, आशिका तामाङ्ग र ज्वाला संग्रौलालाई छानबिन गर्न सुझाव दिएको छ। विध्वंसमा मुछिएका शोम शर्मा, पुरुषोत्तम यादव र शिव यादव पनि रास्वपा सांसद बनेका छन्।

त्यस्तै मानव अधिकार आयोगले रक्षा बम,  हेमराज थापा, विमल पन्त, खेमराज साउद, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानिया, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहरा, विनोद देउवा, सरु सुनुवारमाथि पनि अनुसन्धान गर्न भनेको छ। त्यस्तै भीम उपाध्याय, रवि किरण हमाल, निश्चल वस्नेत, पशुपति खड्का दुर्गा प्रसाई उर्जा बराल, जेरी ताम्राकार हेमसागर बिद्रोही, वुद्ध छिरिङ्ग, सन्तोष राजावादी, अमित खनाल, दिपक देवकोटा, गौरब बराल, हिमानी राज्य लक्ष्मी सिंह, निशान मैनालीलाई पनि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउन आयोगले सिफारिस गरेको छ।

आयोगले आन्दोलन हुँदा प्रधानमन्त्री रहेका केपी ओली, गृहमन्त्री रमेश लेखक र सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङमाथि मानव अधिकार उल्लंघन गरेको अभियोगमा अनुसन्धान गर्न भनेको छ। मानव अधिकार आयोगले प्रहरीका उच्च अधिकारीहरुलाई समेत मृत्यु र विध्वंसका लागि जिम्मेवार ठहर्‍याएको छ।

यो पनि पढ्नुहोस्

नेवाः अर्गनाइजेसन अफ अमेरिकाकाे ‘रजत महोत्सव’ मनाइयाे

नेवाः अर्गनाइजेसन अफ अमेरिकाकाे ‘रजत महोत्सव’ मनाइयाे

३ घण्टा अगाडि
‘सुकम्बासीको घर भत्किँदा रविको छाती कहाँ गयो ?’

‘सुकम्बासीको घर भत्किँदा रविको छाती कहाँ गयो ?’

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री बालेन र युरोपेली सङ्घ राजदूतहरूबीच भेटवार्ता

अमेरिकामा विश्वकप र मेजर लिग क्रिकेट प्रतियोगिता एकै समयमा हुने

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक