बुध, जेष्ठ १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
७ घण्टा अगाडि
Reading Time: 1 min read
0
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-३ नारायणस्थान चोकमा बा.५१ प ६८४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक काठमाडौं महानगरपालिका-३ बाँसबारी बस्ने गोरखा घर भएका ३० वर्षीय आशिष गुरूङको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पतालमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-१ सत्रसय आँधीखोलास्थित सडकमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००७ प ३७६६ नम्बरको स्कुटर अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार गोरखा शहिदलखन गाउँपालिका-७ बस्ने २७ वर्षीया सम्पदा गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लक्ष्मी सिटी हस्पीटल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे, धुलिखेल नगरपालिका-९ पानी ट्याङ्कीस्थित सडकमा धुलिखेलबाट काभ्रेभञ्ज्याङतर्फ जाँदै गरेको प्र.३-०२-००८ प ७१४३ नम्बरको स्कुटर अन्यन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका-११ बस्ने २० वर्षीय निर्जल घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहा, कर्जन्हा नगरपालिका-१० मनहर्वा चोकस्थित सडकमा बा. २ क ५३२० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने साबिर खानको छोरा ८ वर्षीय मुजमिल खानको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । प्रहरीले हाल फरार बस चालकको खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते

६ घण्टा अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री बालेन र युरोपेली सङ्घ राजदूतहरूबीच भेटवार्ता

अमेरिकामा विश्वकप र मेजर लिग क्रिकेट प्रतियोगिता एकै समयमा हुने

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक