बिहि, जेष्ठ १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्मार्टफोन ३६.७ प्रतिशतका दरले वृद्धि

धारणा न्यूज by धारणा न्यूज
१४ घण्टा अगाडि
Reading Time: 1 min read
0
आईफोन १६ सार्वजनिक हुनु अगावै विभिन्न फिचर बाहिरिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा स्मार्टफोन आयात मूल्यका आधारमा ३६.७ प्रतिशतले वृद्धि भएको छ। महँगा ह्यान्डसेटप्रति बढ्दो उपभोक्ता आकर्षण र अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै जानुले आयात मूल्यमा उल्लेख्य वृद्धि भएको हो। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म नेपालले ३९ अर्ब ३९ करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात २८ अर्ब ७६ करोड रुपैयाँ थियो। समीक्षा अवधिमा कुल १८ लाख ६३ हजार ८६९ थान स्मार्टफोन नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिमा आयात भएका १७ लाख ८५ हजार ६५४ थानको तुलनामा ४.३८ प्रतिशतले बढी हो। परिमाणको तुलनामा आयात मूल्य धेरै बढेकाले उपभोक्ताहरू महँगा स्मार्टफोनतर्फ आकर्षित भइरहेको देखिएको छ। साथै अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यनले पनि आयात खर्च बढाएको छ। यस अवधिमा सरकारले स्मार्टफोन आयातबाट सात अर्ब ३४ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ। तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामै आयात मूल्य अघिल्लो आर्थिक वर्षभरि भएको कुल स्मार्टफोन आयातभन्दा बढी पुगेको छ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालले ३५ अर्ब ५४ करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात गरेको थियो भने कुल २१ लाख ८४ हजार ६९४ थान स्मार्टफोन भित्रिएका थिए। त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा २८ अर्ब ६६ करोड रुपैयाँ, २०७९/८० मा २४ अर्ब ३९ करोड रुपैयाँ र २०७८/७९ मा २८ अर्ब २६ करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका थिए। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामै स्मार्टफोन आयातबाट संकलित सात अर्ब ३४ करोड रुपैयाँ राजस्व अघिल्लो आर्थिक वर्षभरि उठेको ६ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी हो।

आर्थिक वर्ष २०८०/८१ मा यस्तो राजस्व पाँच अर्ब ३३ करोड रुपैयाँ र २०७९/८० मा ४ अर्ब ५५ करोड रुपैयाँ थियो। २०७८/७९ मा सरकारले स्मार्टफोन आयातबाट पाँच अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। समीक्षा अवधिमा पनि चीन नेपालको स्मार्टफोन बजारमा प्रमुख आपूर्तिकर्ताका रूपमा कायम रहेको छ। कुल आयातमध्ये १५ लाख ६२ हजार ५७० थान स्मार्टफोन चीनबाट आयात भएका छन्।

चिनियाँ ब्रान्डहरू जस्तै- साओमी, रेड्मी, ओप्पो, रियलमी, टेक्नो र वानप्लस नेपाली बजारमा अझै बलियो उपस्थितिमा रहेका छन्। त्यसैगरी समीक्षा अवधिमा भारतबाट दुई लाख ९२ हजार आठ सय ७७ थान स्मार्टफोन आयात भएका छन् भने अन्य देशहरूबाट हुने आयात नगण्य रहेको छ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसूचकमा सुधार

१ हप्ता अगाडि
एन्ड्रोइड इकोसिस्टममा आकर्षित गर्न रणनीतिमा व्यापक परिवर्तन

एन्ड्रोइड इकोसिस्टममा आकर्षित गर्न रणनीतिमा व्यापक परिवर्तन

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री बालेन र युरोपेली सङ्घ राजदूतहरूबीच भेटवार्ता

अमेरिकामा विश्वकप र मेजर लिग क्रिकेट प्रतियोगिता एकै समयमा हुने

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक