काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाका मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु गरेका छन्।
शुक्रबार कोशी र मधेश प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गरिरहेका आफ्ना सांसदहरुसंग पार्टी सभापति लामिछानेले छलफल गर्ने कार्यक्रम तय अनुसार छलफल सुरु भएको हो ।
शुक्रबारका लागि तय भएको छलफल कार्यक्रम अनुसार सभापति लामिछानेले कोशीका सांसदहरुसंग छलफल गरिएको रास्वपाको सचिवालयले जनाएका छ । सभापति लामिछालनेले आफ्ना सांसदहरुसंग किन र के बारेमा छलफल गरिरहेका छन् भन्ने विषयमा भने खुलाइएको छैन्।


