शुक्र, जेष्ठ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालको विरोधबीच भारतीय टोली लिपुलेक पास भएर मानसरोवर जाँदै

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
नेपालको विरोधबीच भारतीय टोली लिपुलेक पास भएर मानसरोवर जाँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।नेपालको विरोधलाई बेवास्ता गर्दै भारतले नेपाली भूमि लिपुलेक हुँदै आफ्ना तीर्थयात्रीलाई कैलाश मानसरोवर पठाउन लागेको छ । भारतको विदेश मन्त्रालयले बिहीबार लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रामा जाने यात्रीको छनोट पूरा गरेको हो ।

भारतले ‘कम्प्युटराइज्ड ड्र’ मार्फत तीर्थयात्री छनोट गरेको हो । भारतका विदेशमन्त्री एस जयशंकरले यात्री छनोटका लागि गरिएको ‘कम्प्युटराज्ड ड्र’ सुरु गरेका थिए, जसमार्फत एक हजार छनोट भएका छन् । विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार २०२६ को जुनदेखि अगस्टसम्म यात्रा हुनेछ । ५० यात्रुको २० समूह बनाएर यात्रा गराइने तयारी छ ।

तीर्थयात्रीले लिपुलेक र नाथुला भन्ज्याङ हुँदै यात्रा गर्नेछन् । पश्चिमको लिपुलेक र पूर्वको नाथुला भन्ज्याङ दुवैतर्फ अब पूर्ण रूपमा सवारीसाधनबाट यात्रा हुने विज्ञप्तिमा भनिएको छ । कैलाश यात्रामा अब धैरै कम मात्र पैदल यात्रा प्रयोग हुने बताइएको छ । भारतको विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्राका लागि बनाएको वेबसाइटमा लिपुलेक पास भएर १० वटा र नाथुला (सिक्किम) भएर १० वटा समूहले यात्रा गर्नेछन् । लिपुलेक पास भएर आतेजाते गरेर लगभग २२ र नाथुला भएर २१ दिनको समय लाग्ने भनिएको छ । लिपुलेक भएर २ लाख ९ हजार तथा नाथुला भएर ३ लाख ३१ हजार भारतीय रुपैयाँ खर्च लाग्ने उल्लेख छ ।

पहिलो टोलीको यात्रा कार्यक्रम १६ असार (३० जुनबाट) प्रारम्भ हुनेछ । स्वास्थ्य जाँच, भिसा तथा ब्रिफिङ लगायतका लागि दिल्लीमा चार दिनको समय तोकिएको छ । २० असार (४ जुलाई) मा उनीहरूले दिल्ली छाड्नेछन् । यात्रा कार्यतालिकाअनुसार दिल्लीबाट ३ सय ३० किलोमिटरको यात्रा तय गरेर यात्रुहरू त्यही दिन टनकपुर पुग्नेछन् । टनकपुरबाट धार्चुला र धार्चुलाबाट गुञ्जी, कालापानी हुँदै नाभीढांग पुग्नेछन् । २६ असार (१० जुलाई) मा यात्रुहरूको पहिलो समूहले लिपुलेक पास हुँदै तिब्बत प्रवेश गर्नेछन् । तिब्बतको ताक्लाकोटबाट अध्यागमनको प्रक्रियाहरू पूरा गरेपछि अगाडिको यात्रा सुरु हुने उल्लेख छ । लिपुलेक पास लगभग १६ हजार ७ सय ३० फिटको उचाइमा छ । त्यहाँ यात्रुहरूले ७ किलोमिटरको यात्रा पूरा गरेपछि चिनियाँ भूमिमा प्रवेश गर्ने कैलाश यात्रा गाइड बुकमा उल्लेख छ । त्यहाँबाट भारतीय यात्रुको मार्गदर्शन चिनियाँ अधिकारीले गर्छन् ।

लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमि हो । वर्षौंदेखि नेपालले त्यस भूमिलाई लिएर आफ्नो सरोकार जनाउँदै आएको छ । तर, नेपालको चासो, सरोकार र विरोधलाई दक्षिणी छिमेकी भारत तथा उत्तरी छिमेकी चीनले बेवास्ता गर्दै आएका छन् । भारत र चीन लिपुलेक पास भएर भारतीय यात्रुलाई कैलाश मानसरोवरको यात्रा गराउने तथा दुई देशबीच सीमा व्यापारको तयारीमा छन् । १ जुनदेखि ३० सेप्टेम्बर ४ महिनासम्म भारत र चीनले लिपुलेक पास हुँदै सीमा पार व्यापारको तयारीसमेत गरेका छन् ।

भारतीय विदेश मन्त्रालयले १७ वैशाखमा विज्ञप्ति जारी गर्दै लिपुलेक पास भएर जुनदेखि अगस्टसम्म कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने घोषणा गरेको थियो । नेपाल सरकारले २० वैशाखमा त्यसप्रति औपचारिक विरोध जनाएको थियो । परराष्ट्र मन्त्रालयले भारत र चीन दुवै देशलाई कूटनीतिक नोट पठाएर नेपालले विरोध जनाएको थियो ।

परराष्ट्र मन्त्रालयले प्रेस नोट जारी गर्दै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार अडिग रहेको भनेको छ । सन् १८१६ को सुगौली सन्धिदेखि नै महाकाली नदी पूर्वको उक्त भूभाग नेपालको रहेको उल्लेख गरेको छ । नेपाली भूमि हुँदै गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको परराष्ट्र मन्त्रालयले भनेको थियो ।

नेपाल सरकारले नेपाली भूमिमा सडक निर्माण, तीर्थयात्रा र सीमा व्यापार जस्ता गतिविधि नगर्न भनेको छ । नेपालको प्रतिक्रियालगत्तै भारतले २० वैशाखमै नेपालको दाबीलाई ‘न्यायोचित नभएको र ऐतिहासिक तथ्य एवं प्रमाणमा आधारित नरहेको’ भनेको थियो । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर नेपालको दाबीलाई ऐतिहासिक र तथ्य एवं प्रमाणमा आधारित नभएको भन्दै त्यसलाई अस्वीकार गर्दै लिपुलेक पास भएर कैलाश मानसरोवर यात्रा गराइने संकेत गरेको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारतको धारणा सधैं स्पष्ट र स्थिर रहेको बताउँदै लिपुलेक पास सन् १८५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रमुख मार्ग रहेको बताएका थिए । भारत र चीनबीच लिपुलेक पासलाई प्रयोग गरेर गरिने व्यापार तथा धार्मिक यात्रासम्बन्धी सहमतिप्रति नेपालले २०७२ देखि लगातार विरोध गर्दै आएको छ ।

राजेश मिश्र

 

यो पनि पढ्नुहोस्

भट्ट र अग्रवालसहित २९ विरुद्ध मुद्दा चलाउन सिफारिस, करिब २० अर्ब बिगो दाबी गर्न माग

भट्ट र अग्रवालसहित २९ विरुद्ध मुद्दा चलाउन सिफारिस, करिब २० अर्ब बिगो दाबी गर्न माग

१ घण्टा अगाडि
को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सगरमाथामा पुग्ने सबैभन्दा कान्छी अष्ट्रलियन बनिन् बियान्का

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

स्थानीय सरकारको गरिमा बढ्याे

नेताहरूको जिम्मेवारी छलफलका लागि प्रस्ताव

लाइभ : प्रतिनिधिसभा बैठक सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक