मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लिखित आदेशका बाबजुद रिट दर्ता गर्न नसकिने

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
अदालतमा दर्ता भएका रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा महाशाखाका कर्मचारीहरूले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको लिखित आदेशका बाबजुद केही रिट निवेदनहरू दर्ता गर्न नसकिने प्रतिक्रिया दिएका छन् ।

प्रधानन्यायाधीश विरुद्धकै रिट निवेदनहरू दर्ता गर्न विगतमा पनि कठिनाइ हुने गरेको स्मरण गर्दै उनीहरूले अहिले पनि भावी प्रधानन्यायाधीश विरुद्धको निवेदनमा नेतृत्वले बलजफ्ती गरेर नतिजा ननिस्कने व्यंग्य गरे ।

‘कामु प्रधानन्यायाधीशज्यूले रिट निवेदनहरू दर्ता गर्न लिखित आदेश नै दिनुभयो, तर मुख्य रजिष्ट्रारज्यूले स्पष्ट भाषामा त्यो सम्भव छैन भन्ने संकेत गरिसक्नुभएको छ’ नाम गोप्य राख्न आग्रह गर्दै सर्वोच्च अदालतका एक उच्चपदस्थ कर्मचारीले भने, ‘अब दुई दिनको कुरा हो, जे गर्नुपर्ने हो, त्यसपछि गरे भइगयो नि !’

रिट निवेदन दर्ता गर्न अस्वीकार गरेका कर्मचारीहरूका अनुसार, मनोवैज्ञानिक रूपमा पनि कर्मचारीहरू बहालवालाको तुलनामा हुनेवाला नेतृत्वप्रति ज्यादा बफादार र कृतज्ञ हुन्छन् ।

त्यसमाथि पनि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसँग मुख्य रजिष्ट्रार विमल पौडेल असन्तुष्ट भएकाले पनि प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा विरुद्धको निवेदन अघि बढ्न नसकेको हो ।

रोलक्रम मिचिएको र वरिष्ठताक्रमको परम्परा तोडिएको भन्दै असन्तुष्ट न्यायाधीशहरूले ती रिट निवेदनमा केही अस्वाभाविक आदेश गर्नसक्ने आशंकाका साथ दर्तामा ढिलाइ भएको हो । कर्मचारीहरू अहिले पनि संसदीय सुनुवाइ प्रक्रियालाई नजिकबाट नियालिरहेका छन् ।

‘सम्भवत: दुई दिनमा ती रिट निवेदनहरूमाथि दरपीठ (दर्ता गर्न अस्वीकार हुने) आदेश होलान्’ सर्वोच्चका अर्का कर्मचारीले भने, ‘त्यसपछिको प्रक्रिया अघि बढ्दा नयाँ प्रधानन्यायाधीश आइसक्छन् । त्यसपछिको बाँकी प्रक्रिया उनले नै अघि बढाउलान् ।’

यो पनि पढ्नुहोस्

अदालतमा दर्ता भएका रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने

भन्सार शुल्क रोक्न अन्तरिम आदेश जारी

३ दिन अगाडि
अदालतमा दर्ता भएका रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने

कामु प्रधान न्यायाधीश सहित २ न्यायाधीशले मुद्दा हेरेनन्

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

प्रधानमन्त्री बालेन शाह प्रश्नदेखि भाग्न नपाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक