काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण गरेका छन्।
सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोली सोमबार बिहान होल्डिङ सेन्टर पुगेको हो। टोलीले त्यहाँ बस्दै आएका सुकुम्बासी बस्तीका नागरिकहरुसँग तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ।
सरकारले समस्या समाधान छिटो गर्ने वाचा उनीहरुले गरेका छन्। बालबच्चाको पढाई, दीर्घरोगीहरुलाई उचित व्यवस्थापन र छिटो स्थायी बसोबासको माग उनीहरुल राखेका छन्। समितिका सभापति ढकालले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था छिट्टै हुने जनाएका छन्।


