काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी कर्मचारीलाई धम्क्याउने व्यक्ति पक्राउ परेका छन् । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ६ वीरेन्द्रचोक टोल घर भइ हाल काठमाडौं, शंखमुल बस्ने २२ वर्षका प्रकाश खड्कालाई पक्राउ गरिएको हो । काठमाडौँ प्रहरी परिसरले जानाएको द्ध ।
उनले कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा पक्राउ गरिएको हो । खड्काबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको अडिसो सार्वजनिक भएपछि सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको थियो ।


