शनि, जेष्ठ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

विश्वकपमा भिसा वापतको धरौटी रकम राख्न नपर्ने

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
विश्वकपमा अन्तिम क्वाटरफाइनल खेलहरू हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वासिङ्टन ।  आगामी जुन ११ बाट सुरु हुन लागेको फिफा विश्वकप फुटबल हेर्न अमेरिका आउने समर्थकले भिसा वापतको धरौटी रकम राख्न नपर्ने भएको छ। यसअघि अमेरिका भ्रमणमा आउँदा १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने प्रावधान फिफा विश्वकप हेर्न आउने विभिन्न देशका समर्थकका लागि हटाइएको अमेरिकी विदेश विभागले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही समयअघि कडाइका साथ लागु गरेको अमेरिका प्रवेश गर्दा धरौटी रकम राख्नुपर्ने प्रावधानलाई विश्वकपका लागि खुकुलो बनाइएको हो।

अन्तर्राष्ट्रिय सञ्चार संस्था एसोसिएट प्रेसका अनुसार मुख्यतः विश्वकपमा सहभागी राष्ट्रका टिकट खरिद गरेका विदेशी समर्थकले अमेरिकामा प्रवेश गर्न भिसासँग जोडिएको धरौटी रकम तिर्नु नपर्ने व्यवस्था गरिएको छ। ट्रम्प प्रशासनले विश्वकपमा सहभागी ४८ राष्ट्रसँगै अन्य केही राष्ट्रका फुटबल समर्थकले धरौटी रकम बुझाउनु नपर्ने व्यवस्था गर्न लागेको हो। तर, त्यसका लागि समर्थकसँग बैध टिकट हुनु अत्यावश्यक रहेको जनाइएको छ। ‘विश्वकप फुटबलको बैध टिकट खरिद गरेका समर्थकका लागि धरौटी रकम राख्न नपर्ने व्यवस्था गर्दैछौं’, अमेरिकी कन्सुलर विभागका सहायक विदेश सचिव मोरा नामदारले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग भनेका छन्।

भिसा अवधि सकेर पनि अवैध रुपमा बस्ने जोखिम बढी भएका देशका नागरिकका लागि अमेरिकाले पाँच हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने नियम लागु गरेको थियो। सुरुमा यो नियम ५० देशका यात्रुका लागि लागु गरिएको थियो। अमेरिकी विदेश विभागका अनुसार ५० राष्ट्रमध्ये विश्वकपमा छनोट भइसकेका अल्जेरिया, केप भर्डे, आइभरी कोस्ट, सेनेगल र ट्युनिसियाका समर्थकका लागि भने यो नियम हटाइएको छ। फिफाबाट टिकट खरिद गरेका यी देशका नागरिकले धरौटी तिर्नु नपर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

 अमेरिकी विदेश विभागले इरान र हैटीका फुटबल समर्थकले भने अमेरिका प्रवेशमा जुनसुकै बेला प्रतिबन्धको सामना गर्न सक्ने जनाएको छ। विश्वकपमा छनोट भएको सेनेगल र आइभरी कोस्टका समर्थक भने आंशिक रुपमा प्रभावित हुनसक्ने जनाइएको छ। विश्वकपमा सहभागी खेलाडी, प्रशिक्षक र अफिसियललाई भने यो नियम लागु हुने छैन। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अमेरिकाको यो घोषणाको स्वागत गरेको छ। फिफाले यो विश्वकपलाई अविश्मरणीय प्रतियोगिताका रुपमा आयोजना गर्न ह्वाइट हाउसले देखाएको सदासयता प्रसंशनीय रहेको जनाएको छ।

यो पनि पढ्नुहोस्

साढे सात खर्ब नाघ्यो बेरुजु

साढे सात खर्ब नाघ्यो बेरुजु

१ घण्टा अगाडि
नारायणगढ–मुग्लिन सडकखण्डमा ‘लिडार स्पिड गन’ प्रयोग गर्न थाले

नारायणगढ–मुग्लिन सडकखण्डमा ‘लिडार स्पिड गन’ प्रयोग गर्न थाले

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकप खेल्न फ्रान्सेली राष्ट्रिय टोली घोषणा

ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी उत्कृष्ट गन्तव्य

राष्ट्रपतिसमक्ष आर्थिक वर्ष सम्बन्धी वार्षिक प्रतिवेदन पेश

रौतहटमा चार सय २५ जनामा एचआइभी सङ्क्रमण पुष्टि

एनआईबिएलका सिइओ ज्योतिप्रकाश पाण्डे रिहा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक