इलाम । बर्डफ्लु नियन्त्रणका लागि लगाइएको प्रतिवन्ध इलाममा फुकुवा भएको छ ।
जोखिम न्यून भएसँगै कुखुराजन्य पदार्थको ओसारपसार सम्बन्धी प्रतिबन्ध हटाइएको भेटेरेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका प्रमुख डाक्टर राघवेन्द्र तिवारीले जानकारी गराए ।
उनका अनुसार जिल्ला बर्ड फ्लु नियन्त्रण समिति इलामको बैठकले यसअघि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।


