काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डले जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको हो । वर्षाका कारण प्रभावित खेलमा नेपालले स्टकल्यान्डविरुद्ध डीएलएस मेथडमार्फत ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको थियो । तर, जवाफी ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१८ रन मात्रै बनायो ।
गुलशन झा ३५ बलमा ६१ रनमा अविजित रहे। उनले २ चौका र ५ छक्का प्रहार गरे। यस्तै, दीपेन्द्र सिंह ऐरीले ५५, रोहित पौडेलले ३२, आसिफ शेखले २१ रन जोड्दा करण केसीले १८ रन बनाएका थिए । बलिङतर्फ स्कटल्याण्डका ब्राड करीले तीन, मार्क वाटले दुई तथा ओलिभर डेभिडसन र ज्याक जार्भिसले एक–एक विकेट लिए।


