काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले सवारी चालकमा नियुक्त गरेका व्यक्ति अपहरण, शरीर बन्धक तथा अमानवीय व्यवहारको कसुरमा पक्राउ परेका छन् । मन्त्रीको हलुका सवारी चालक पदमा नियुक्ति पाएका मुस्तकिम आलम पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई नियन्त्रणमा लिएको हो । महादेवा गाउँपालिका–१ का आलम राजविराजबाट पक्राउ परेका हुन् ।
उनीमाथि शरीर बन्धक बनाएर निर्घात कुटपिट गर्नुका साथै नग्न बनाएर भिडियोसमेत खिचेको आरोप छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आलमलाई ७ हिरासतमा राखेर अनुसन्धान सप्तरी जिल्ला अदालतले अनुमति दिएको छ । Extreme Energycitizen life यता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयले भने आलमलाई १० दिनअघि नै निष्काशन गरिएको बताएको छ । कार्यालयमा नआउने, काम नगर्ने गरेपछि उनलाई फायर गरिएको सचिवालयले जनाएको छ ।
आलमलाई २०८२ चैत २७ गते श्रममन्त्री यादवले नियुक्ति दिएका थिए ।


