शनि, बैशाख २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बालेन नेतृत्वको सरकारप्रति विश्वको ध्यान आकर्षित

धारणा न्यूज by धारणा न्यूज
९ घण्टा अगाडि
Reading Time: 8 mins read
0
आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि गठन भएको बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारप्रति विश्वको ध्यान आकर्षित भएको छ । गत फागुनमा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको सफलता र खासगरी राष्ट्रिय राजनीतिमा बालेन शाहको उदयलाई विश्वले निकै चासोका साथ हेरेको छ । नेपालमा देखिएको यो परिवर्तनलाई आशा र आशङ्का दुवै दृष्टिकोणबाट हेर्न थालिएको जानकारहरू जनाउँछन् ।

नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्टले हालै सम्पन्न गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न देशका विज्ञहरूले नेपालका प्रधानमन्त्री बालेन शाहको कार्यशैलीको प्रशंसा गरेका छन्, तर उनीहरूले यो गति व्यक्तिगत नेतृत्वभन्दा माथि उठेर संस्थागत हुन सक्छ कि सक्दैन भन्नेमा आशङ्का पनि जनाएका छन् । के नयाँ सरकारले विकास साझेदारहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम राख्दै जनताको अपेक्षाहरू पूरा गर्न सक्छ भन्नेमा उनीहरूको चासो छ ।

अमेरिका, भारत र चीनको चासो

अमेरिकाको प्यासिफिक फोरमका निर्देशक डा. रब योर्कले छोटो अवधिको राजनीतिक दाउपेचभन्दा दीर्घकालीन स्थिरतालाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । उनले चीन र भारतबिचको सन्तुलन कायम गर्ने नेपालको दृष्टिकोणलाई व्यावहारिक आवश्यकताको रूपमा स्वीकार गर्दै भू–राजनीतिक जटिलताका बाबजुद अमेरिकाले नेपालसँग सक्रिय चासो र संलग्नता कायम राखेको जनाएका थिए ।

चीनका अन्तर्राष्ट्रिय मामिलाका जानकार डा. झाङ जियाडोङले नेपालको जेनजी आन्दोलनलाई घरेलु सरकारी सङ्कटको रूपमा विश्लेषण गरे । जेनजी आन्दोलनलाई चीनले अत्यन्तै तटस्थ र व्यावहारिक रूपमा लिएको उल्लेख गर्दै उनले नेपालको नेतृत्वलाई युवा शक्ति र राष्ट्रिय परिवर्तनको प्रतीकका रूपमा व्याख्या गरे ।

नेपालको सार्वभौमसत्ता र स्थिरताप्रति चीनको निरन्तर समर्थन रहेको उल्लेख गर्दै जियाडोङले बालेन सरकार सकारात्मक परिवर्तन गर्न सक्षम हुने विश्वास व्यक्त गरे । उनले बीआरआई परियोजनाहरू जस्तै सीमापार सडक, ऊर्जा सहयोग परियोजना र जनस्तरको सम्बन्धलाई दुवै देशबिच अगाडि बढाउनु पर्नेमा जोड दिए ।

भारतका पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार पंकज सरनले फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम नेपालका लागि नयाँ सुरुवात भएको बताए । यो राजतन्त्रपछिको सङ्क्रमणपछि नयाँ चरण रहेको उल्लेख गर्दै उनले जेनजी आन्दोलन निर्वाचनमा रूपान्तरण भएको र पुरानो पुस्तालाई विस्थापित गर्दै युवा प्रधानमन्त्रीको उदय भएको जनाए ।

प्रधानमन्त्रीमात्र होइन, सांसद तथा अन्य मन्त्रीहरू पनि युवा नै रहेकाले यसले आशा जगाएको बताउँदै उनले यसले धेरै उत्साह र उच्च अपेक्षाहरू उत्पन्न गरेको जनाए ।

इरान र युक्रेन युद्धजस्ता बाह्य सङ्कटका कारण नेपालले आर्थिक र सामाजिक चुनौतीहरूको सामना गरिरहेको र नयाँ सरकारले चुनौतीहरूलाई समाधान गर्नुपर्ने पर्ने जनाउँदै पंकजले फागुनमा सम्पन्न चुनावमा भारत कुनै कारक नरहेको दाबी गरे ।

बाँकी रहेका पुराना मुद्दाहरू सुल्झाउन र नयाँ विचारका साथ महत्त्वाकाङ्क्षी सम्बन्धलाई आकार दिन नेपाल र भारतलाई तुरुन्तै बसेर समाधान गर्नुपर्ने उनको धारणा छ ।

नेपालका लागि पूर्वभारतीय राजदूत मन्जीव सिंह पुरीले सामाजिक सञ्जाल र युवा पुस्ताको बढ्दो आकाङ्क्षाले नेपालको राजनीतिक रूपान्तरण सम्भव बनाएको जनाए । भारत–नेपाल सम्बन्ध साझा सभ्यता, भूगोल, संस्कृति र गहिरो जनस्तरको सम्बन्धमा विशिष्ट रूपमा आधारित रहेको उल्लेख गर्दै उनले यो सम्बन्ध राजनीतिक मात्र नभई त्योभन्दा धेरै माथि रहेको प्रस्ट पारे ।

दक्षिण एसियामा नमुना देश

पाकिस्तानकी स्वतन्त्र अनुसन्धानकर्ता डा.आमना खानले नेपाललाई पाकिस्तानमा एक शान्त र मैत्रीपूर्ण राष्ट्रको रूपमा हेरिएको बताइन् । विशेष गरी नेपालको स्वतन्त्र परराष्ट्र नीति र भारत तथा चीनजस्ता ठुला छिमेकीहरूसँगको सन्तुलित सम्बन्धको बारेमा चर्चा हुने गरेको उनको धारणा छ ।

नेपाललाई क्षेत्रीय सहयोग र कूटनीतिक सन्तुलनका लागि दक्षिण एसियामा एक नमुना देशको रूपमा हेरिएको बताउँदै उनले पाकिस्तानले नेपाल सरकारलाई विचारधाराको सट्टा स्थिरता, आर्थिक प्रदर्शन र ठोस नतिजाहरूको आधारमा मूल्याङ्कन गरेको जनाइन् ।

नेपालमा भएको डिजिटल आधुनिकीकरण र समावेशी विकासले गर्दा पाकिस्तानमा नेपालको थप आकर्षण बढाएको बतउँदै खानले द्विपक्षीय सम्बन्धलाई अझ गहिरो बनाउनुपर्नेमा जोड दिइन् ।

बंगलादेश सेन्टर फर इन्डो–प्यासिफिक अफेयर्सका कार्यकारी निर्देशक डा. सहाब इमान खानले पनि निर्वाचनपछि बालेन नेतृत्वमा गठन भएको सरकारको प्रसंशा गरिन् । बालेनको व्यक्तिगत इमानदारी तथा जनआकाङ्क्षा वास्तविकतामा परिणत भएको उल्लेख गर्दै उनले वर्तमान सरकारमा फेसबुक जस्ता प्लेटफर्ममा बढी निर्भर, नियमित बैठकहरू जस्ता औपचारिक संस्थागत अभ्यासको अभाव तथा वैचारिक जगको कमीको देखिएको टिप्पणी गरिन् ।

माल्दिभ्सकी अन्तर्राष्ट्रिय मामिलाका जानकार सौसन शरीफले माल्दिभ्समा नेपालको नेतृत्वलाई युवा प्रेरित, सुधार उन्मुख कार्यमा केन्द्रित रहेको रूपमा हेरिएको जनाइन् । युवा पुस्ताले राजनीतिक नतिजा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै उनले तर नेपालको कमजोर संस्थागत ढाँचा तथा बलियो प्रणालीको सट्टा नेताहरूमा व्यक्तिगतवादी चिन्तन बढी देखिएका हुनाले राजनीतिक जोखिम रहेको जनाइन् । उनले यस अवस्थामा जनताको उच्च अपेक्षाहरू निरन्तर पूरा गर्नुपर्ने कठिनाइले गर्दा यस्ता सुधारहरूलाई टिकाउनु पनि चुनौतीको रूपमा रहने जनाइन् ।

दीर्घकालीन टिकाउमा आशङ्का

रुसका अवेरलग एसियन इन्स्टिच्युट, कोलम्बोका संस्थापक जर्ज कुकले नेपालको अवस्था श्रीलंका र बंगलादेशमा देखिएका राजनीतिक विद्रोहहरू जस्तै भएको जनाइन् । जनताको आक्रोशले राजनीतिक परिवर्तन ल्याए पनि त्यसलाई लामो समयसम्म टिकाइराख्न गाह्रो हुने जनाउँदै उनले केवल नेतृत्व परिवर्तन मात्र पर्याप्त नभई अर्थपूर्ण सुधारका लागि गहिरो र दीर्घकालीन संस्थागत रूपान्तरण आवश्यक रहेको जनाइन् ।

उनले भनिन्, ‘एउटा ठुलो बाधा भनेको कठोर र प्रतिरोधी कर्मचारीतन्त्र तथा गहिरो जरा गाडेको भ्रष्टाचार हो, जसलाई चुनावपछि तुरुन्तै हटाउन सकिँदैन ।’ सुधारहरू सफल हुनका लागि नेतृत्व र कर्मचारीतन्त्र दुवैको सोच परिवर्तन हुनुपर्ने कुरामा जोड दिँदै उनले प्रतिरोधी वा भ्रष्ट तत्वहरूलाई सम्बोधन गरिनुपर्ने, अन्यथा पुराना समस्याहरू फेरि देखा पर्न सक्ने जनाइन् ।

ब्रसेल्सस्थित नेपालका लागि युरोपेली संघ प्रतिनिधिमण्डलका पूर्वउपप्रमुख जोएल हिभोनेटले नेपालमा हालै ठुलो परिवर्तन भए पनि यसमा ठुला–ठुला चुनौती रहेको जनाइन् । उनले भनिन्, ‘भ्रष्टाचार, नातावाद र रोजगारीको अभावका कारण जनता, खासगरि युवाहरू निराश छन्, जसले गर्दा धेरै विदेश पलायन भइसकेका छन् । नेपालको अर्थतन्त्र रेमिट्यान्समा चलिरहेको छ, जुन दिगो छैन ।’

सामाजिक सञ्जालले जनताको निराशा र परिवर्तनको मागलाई बढावा दिए पनि जनताको आकाङ्क्षालाई छिटो पूरा गर्न गाह्रो हुने देखिएको र त्यसले जनतामा थप निराशा ल्याउने उनको धारणा छ ।

दक्षिण कोरियाका कोरिया नेशनल डिप्लोमेटिक एकेडेमीका डा.वोन्ड्युक चोले पनि दिगो सुधार एउटै चुनावी विजयबाट प्राप्त हुन नसक्ने बताए । लोकतन्त्रलाई प्रत्येक पुस्ताले रक्षा गर्नुपर्दछ र नेपालको नयाँ सरकारले आफ्ना सुधारका एजेन्डाहरूलाई संस्थागत गर्ने गम्भीर चुनौती सामना गर्नुपर्ने प्रस्ट पार्दै उनले कोरियाको जस्तो विगतको सङ्घर्ष नदोहोरियोस् भन्ने टिप्पणी गरे ।

यद्यपि कोरियाली मिडियाले नेपालमा भएको परिवर्तनलाई प्रशंसा गरेको बताउँदै उनले ‘नेपाली राजनीतिक इतिहासको आँधी’का रूपमा पछिल्लो परिवर्तनलाई वर्णन गरेको जनाए ।

डा. चोले कोरियाली दृष्टिकोणबाट हेर्दा वित्तीय अनियमितताका कारण नेपालका गृहमन्त्री र नातावादका कारण श्रममन्त्रीको छिटो राजीनामाले कोरियामा सन् १९८७ देखि बारम्बार देखिएको प्रवृत्तिलाई उद्धरण गरेको जनाए ।

होराइजन युनिभर्सिटी कलेज, यूएइका प्रोफेसर डा. हेबातल्लाह एडमले नेपालको वर्तमान नेतृत्व परम्परागत राजनीतिक तथा अभिजात वर्गभन्दा फरक रहेको बताए । यस्तो नेतृत्वले विशेष गरी सार्वजनिक सहभागिता विस्तार गर्न र बढी समावेशी, उत्तरदायी शासनलाई अगाडि बढाएको कारण विश्वकै ध्यान खिच्न सफल भएको उनको धारणा थियो ।

नेपालको बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सकारात्मक सन्देश दिएको उल्लेख गर्दै उनले यो परिवर्तनले सरकारबाट भविष्यमा हुने अपेक्षाहरू बारे बृहत्तर बहस गराउन मद्दत पुग्ने बताए ।

नेपालमा चीनको बढ्दो प्रभाव

जापान, हडसन इन्स्टिच्युटका फेला सातोरु नागाओले नेपालको राजनीति बारेमा अलि फरक धारणा राखे । उनले नेपालमा चीनको बढ्दो आर्थिक र रणनीतिक उपस्थिति जापानका लागि चिन्ताको विषय रहेको जनाए । नेपालको भूगोल र ऐतिहासिक सम्बन्धले स्वाभाविक रूपमा यसलाई भारतसँग नजिक राख्ने हुँदा चीनतर्फको कुनै पनि झुकाव भूराजनीतिक दृष्टिकोणले अस्वाभाविक हुने उनको धारणा थियो ।

नेपालले भारतसँग विशेष गरी सन्तुलित र सहयोगी सम्बन्ध कायम राखेको जापानले हेर्न चाहेको बताउँदै उनले जापान आफैँ भारत समर्थक रहेको र दक्षिण एसियामा स्थिरताका लागि काम गरिरहेको जिकिरसमेत गरे । उनले चिनियाँ संलग्नता बढ्दा भ्रष्टाचार र रणनीतिक दबाब जस्ताका कारण जोखिमहरू आउन सक्ने सुझाव पनि दिए ।

नेपालका लागि पूर्वराष्ट्रसंघीय शान्ति सल्लाहकार सिन्थिया पेट्रिगले जेनजी आन्दोलनपछि प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरिन् । त्यस्तै, मेट्रोपोलिटन अटोनोमस युनिभर्सिटी मेक्स्किोका फर्नान्डा भाजक्वेज–वेलाले मेक्सिकोको मिडिया कभरेजमा नेपालबारे निरन्तर रिपोर्टिङको अभाव रहेको जनाए ।

बालेनजस्ता युवा, सुधार–उन्मुख व्यक्तित्वहरूको उदयलाई नागरिक संलग्नता केन्द्रित शासनका रूपमा चर्चा गर्दै उनले नेपालको बदलिँदो राजनीतिक परिदृश्यमा अन्तर्राष्ट्रिय चेतना बढ्नेमात्र नभएर मेक्सिकोजस्ता समान शासन र आधुनिकीकरणका चुनौती झेलिरहेका देशहरूका लागि प्रेरणा बन्ने जनाए ।

अर्जेन्टिनाका अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ डा.प्याट्रिसियो माटेओ कारमोडीले नेपालका हालैका राजनीतिक घटनाक्रमहरूलाई ल्याटिन अमेरिकामा समाज सुधारको बलियो उदाहरणका रूपमा हेरिएको जनाए । देशको लोकतान्त्रिक प्रक्रिया र शान्तिपूर्ण राजनीतिक संक्रमणले अर्जेन्टिनाका अनुभवहरूसँग तुलना गर्दै उनले नेपालको परिवर्तनले महत्त्वपूर्ण पाठ सिकाउने जनाए ।

दक्षिणपूर्वी एसियाली सेन्टर अफ एक्सीलेन्स, जर्मनीका वरिष्ठ कार्यक्रम अधिकृत लुकास मेयरले युक्रेनमा रुसी आक्रमणका कारण विश्वव्यापी विकास नीतिमा परिवर्तन आएको र जर्मनीजस्ता देशहरूले रक्षा र युक्रेनको समर्थनलाई प्राथमिकता दिइरहेको जनाए । उनले युवा संलग्नता र बाहिरिया शैलीका नेताहरूको उदयबाट सञ्चालित नेपालको हालैको राजनीतिक विकासलाई परिवर्तनकारी र भ्रष्टाचार विरोधी आन्दोलनका रूपमा चित्रण गरिने जनाए । यद्यपि, वर्तमान सरकारले संरचनात्मक चुनौतीका कारण अपेक्षाहरू पूरा गर्नमा कठिनाइ भोग्न सक्ने उनको धारणा थियो ।

इन्स्टिच्युट फर नेशनल एण्ड इन्टरनेशनल सेक्युरिटीका निर्देशक डा.डार्को ट्रिफुनोभिकले नेपालको वर्तमान राजनीतिक व्यवस्थाले बढी जिम्मेवार र नागरिक केन्द्रित शासनतर्फको परिवर्तनलाई दर्शाएको जनाए । स्थानीय तहमा सफल बालेनको वास्तविक परीक्षा सुरु भएको जनाउँदै उनले यो गतिले दीर्घकालीन सुधार ल्याउन सक्छ कि सक्दैन भन्नेमा आशङ्का रहेको जनाए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपाल

आर्मेनियाका अन्तर्राष्ट्रिय मामिलाका जानकार लियाना दाश्यानले नेपालको वर्तमान राजनीतिक विकास आर्मेनियाको ‘भेल्भेट रिभोलुसन’ सँग मिल्दोजुल्दो रहेको जनाइन् । त्यहाँ पनि परम्परागत पार्टीहरूप्रति जनआक्रोशले व्यापक प्रदर्शन र नयाँ नेतृत्वको उदय गराएको बताउँदै उनले आर्मेनियाली मिडियामा नेपालका परिवर्तनहरूले सीमित कभरेज पाए तापनि ब्लूमबर्ग र रोयटर्सजस्ता अन्तर्राष्ट्रिय माध्यमहरूले यी विकासहरूलाई उजागर गरेको प्रस्ट पारिन् ।

थाइल्याण्डका डा. सुथिकर्न किङ्काउले नेपालको राजनीतिक रूपान्तरण र दुवै देशबिच भविष्यमा हुन सक्ने सहयोगका बारेमा आफ्नो धारणा राखेका थिए । दुवै देशका युवा पुस्ताले सरकारको प्रकृति परिवर्तन गर्न खोजेको र नेपालले त्यसमा प्रमुख उदाहरण प्रस्तुत गरेको जनाए । यद्यपि, उनले युवा पुस्ताका लागि देश चलाउन सजिलो नहुने कुरामा सचेत रहन पनि सुझाव दिए ।

युक्रेनमा रहेको इल्को कुचेरिभ डेमोक्रेटिक इनिसिएटिभ्स फाउन्डेशनका कार्यकारी निर्देशक पेट्रो बुर्कोव्स्कीले युक्रेनमा नेपाललाई प्रायः रोयटर्स, ब्लूमबर्ग र फाइनान्सियल टाइम्स जस्ता ठुला विश्वव्यापी मिडियामार्फत मात्र जानकारी प्राप्त हुने गरेको जनाए ।

नेपालले अन्तर्राष्ट्रिय मिडियासँग राम्रो सम्बन्ध बताउनुपर्ने सुझाव दिँदै उनले युक्रेनी मिडियाले नेपालको नयाँ प्रधानमन्त्री बालेनलाई एक युवा, भ्रष्टाचार विरोधी नेताको रूपमा प्रस्तुत गरेको जनाए ।

पोल्याण्डका अन्तर्राष्ट्रिय विज्ञ बारबरा क्राटियुकले पोल्याण्ड लगायतका युरोपेली देशहरू नेपालसँग डिजिटलाइजेशनमा सहयोग र आर्थिक सम्बन्ध बलियो बनाउन इच्छुक रहेको जनाइन् । बहुमतको सरकार गठन हुनुलाई राजनीतिक गतिरोध अन्त्य गर्ने सकारात्मक कदमको रूपमा हेरिएको जनाउँदै उनले यो २०३१ सम्म १०० बिलियन डलरको जीडीपी पु¥याउनेजस्ता महत्त्वाकाङ्क्षी लक्ष्यहरू पूरा गर्नेमा शंका व्यक्त गरिन् । नयाँ नेताहरूमा सीमित परराष्ट्र नीतिको अनुभव र छिटो नतिजा नआएमा जेनजीले चलाएको राजनीतिक गति सुस्त हुनसक्ने उनले जनाइन् ।

युनिभर्सिटास इस्लाम इन्डोनेसियाका डा.हदजा मिन फधली रोब्बीले बालेनको युवावस्था, इन्जिनियरिङ पृष्ठभूमि र स्वच्छ सरकारप्रतिको प्रतिबद्धतालाई असामान्य तर इन्डोनेसिया र नेपालबिचको द्विपक्षीय सम्बन्धलाई गति दिन आशाजनक भएको जनाए । काठमाडौंमा इन्डोनेसियाको कन्सुलेटलाई पूर्ण दूतावासमा स्तरोन्नति गर्न पनि उनले माग गरे ।

यो पनि पढ्नुहोस्

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

६ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाकाे दोस्रो चरण प्रशिक्षण कार्यक्रम सुरु

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

विपिन हत्या प्रकरणमा संलग्न तीन जना पक्राउ

उत्तर कोरियाली सर्वोच्च नेता उन विशेष रेल चढेर चीन पुगे

घरबाट निस्कदा माैसमकाे जानकारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले छानबिन गर्न नपाउने विषयमा सरकारसँग जवाफ माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक