शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गाउँपालिकाभित्रका किसानलाई कृषि मिटर उपलब्ध गराउने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
गाउँपालिकाभित्रका किसानलाई कृषि मिटर उपलब्ध गराउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सर्लाही । सर्लाहीको चन्द्र नगर गाउँपालिकाले गाउँपालिकाभित्रका किसानलाई कृषि मिटर उपलब्ध गराउने भएको छ । किसानलाई खेती गर्न सहज बनाउँदै आधुनिकतातर्फ लैजाने उद्देश्यले विद्युत् प्राधिकरणसँग समन्वय गरी कृषि मिटर जडान गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए ।

विद्युत् मिटरका लागि पालिकाभित्रका किसानले मलङ्गवासम्म धाउँदा समय, खर्च र हैरानी व्यहोर्नुपर्ने अवस्था रहेकामा मिटर जडान गरिएपछि उक्त समस्या समाधान हुने चन्द्र नगर गाउँपालिका–७ का किसान शिवकृष्ण कुर्मीले बताए ।

विद्युत् प्राधिकरण वितरण केन्द्र मङ्गलवाले कहिले यो मिलेन कहिले त्यो कागज मिलेन भनेर दुःख दिने गरेको बताउँदै किसान रजाउल मन्सुरले एउटा काम गराउन महिनौँ कुर्नुपर्ने अवस्था अब अन्त्य हुने बताए । पालिकाले विद्युत् प्राधिकरणसँग समन्वय गरी विद्युत् महसुल पालिकाले नै तिरिदिने गरी मिटर जडान गर्ने योजना बनाइएको गाउँपालिका उपाध्यक्ष गीतादेवी महतोले बताइन् ।

मिटर जडान गर्न मिटर आवेदन फारम भर्ने र पेस गर्ने, फारम रुजु गर्ने, स्वीकृत गर्ने, मिटर खर्च भौचर भर्ने, मिटर दस्तुर बुझ्ने, मिटरको लगत कायम गर्ने, मिटर जडान गरी बत्ती बाल्नेलगायत सबै चरणको काम सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलङ्गवाका प्रमुख उमेश यादवले जानकारी दिए ।

सात वडामा करिब ३८ हजार जनसङ्ख्या रहेको छ । यहाँका अधिकांश नागरिक कृषि पेसामा आबद्ध रहेका गाउँपालिकाको कृषि शाखाले जनाएको छ । चालु आर्थिक वर्ष २०७९र८० मा कृषि विद्युतीकरण र किसानको बिल भुक्तानीका लागि गाउँपालिकाले एक करोड ४० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङले बताए ।

उनका अनुसार गएको पुस २९ मा सम्पन्न भएको १२औँ गाउँसभा बैठकबाट पालिकाभरिका किसानले सिँचाइ गर्दा उठेको महसुल पालिकाले तिरिदिने निर्णय गरेको थियो । यस क्षेत्रमा धान, मकै, गहुँलगायत तरकारी खेती पनि व्यावसायिक रूपमा हुने गरेको कृषि शाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

३ मिनेट अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

१८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक