शुक्र, बैशाख २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तमिलनाडुमा चुनाव जितेका विजय थलापतिलाई सरकार बनाउन सकस

धारणा न्यूज by धारणा न्यूज
११ घण्टा अगाडि
Reading Time: 2 mins read
0
तमिलनाडुमा चुनाव जितेका विजय थलापतिलाई सरकार बनाउन सकस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भारतको तमिलनाडु विधानसभा निर्वाचनमा अभिनेता विजय थलापतिको पार्टी तमिलगा वेत्री कडगम (टीभीके)ले सबैभन्दा धेरै सिट जित्दै द्रविड पार्टीहरूको दशकौं लामो विरासत भत्काएको छ । तर २३४ सदस्यीय विधानसभामा टीभीकेले १०८ सिट जितेको छ ।

तर, संसद्को सबैभन्दा ठूलो दल बनेपनि थलापतिलाई सत्ताको कमानमा पुग्न भने कठिनाइ देखिएको छ । २३४ सदस्यीय विधानसभामा बहुमत जुटाएर सरकार गठन गर्न ११८ सिट संख्या आवश्यक पर्छ । चुनावी नतिजा आएको तीन दिन बित्दा पनि उनले हालसम्म सरकार गठनका लागि बहुमत जुटाउन सकेका छैनन् ।

तमिलनाडु राजभवन(राज्यपालको कार्यालय)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै टीभीकेले अहिलेसम्म विधानसभामा बहुमत जुटाउन नसकेको बताएको छ ।

‘तमिलनाडुका माननीय राज्यपाल थिरु राजेन्द्र विश्वनाथ आर्लेकरले आज (मे ७) टीभीकेका अध्यक्ष थिरु सी. जोसेफ विजय(विजय थलापति)लाई चेन्नईस्थित लोक भवनमा आमन्त्रण गर्नुभयो । भेटका क्रममा माननीय राज्यपालले सरकार गठनका लागि आवश्यक तमिलनाडु विधानसभा बहुमतको समर्थन स्थापित हुन नसकेको जानकारी गराउनुभयो,’ राजभवनको विज्ञप्तिमा भनिएको छ ।

१०८ सिट रहेको टीभीकेलाई बहुमत सिद्ध गर्न अझै १० सिट चाहिएको छ । हालसम्म पाँच सिट जितेको कांग्रेस आईले सहयोग गर्ने वचन दिएको छ । तर, अझै उसलाई पाँच सिट चाहिएको छ ।

टीभीकेले बहुमत जुटाउन नसकेको भन्दै राज्यपाल आर्लेकरले विजय थलापतिलाई अहिलेसम्म सरकार गठनका लागि बोलाएका छैनन् । निर्वाचनपछि सबैभन्दा ठूलो पार्टीलाई राज्यपालले सरकार गठनका लागि किन नबोलाएको भन्ने विषयमा तमिलनाडुमा अहिले बहस चर्किएको छ ।

विजयका अगाडि सीमित विकल्प

चुनावमा कुनै पनि दल वा गठबन्धनले स्पष्ट बहुमत नल्याएको अवस्थामा निर्वाचित संसद्लाई ‘हङ असेम्ब्ली’ वा ‘त्रिशंकु संसद्’ भनिन्छ ।

तमिलनाडु विधानसभा निर्वाचनले अहिले त्यही त्रिशंकु संसद् चुनेको छ । जसले सबैभन्दा ठूलो दल टीभीकेलाई नै सरकार बनाउन अप्ठेरो पारेको छ ।

यस्तोमा राज्यपालले ठूलो दललाई सरकार गठनको आह्वान नगर्दा तमाम प्रश्न उठिरहेका छन् । यस्तै टीभीकेलाई बाइपास गरेर परम्परागत प्रतिद्वन्द्वी डीएमके र एआईएडीएमकेबीच गठबन्धन सरकार बन्ने सम्भावनाबारे पनि चर्चा भइरहेका छन् ।

टीभीकेले अझैँ पनि सरकार बनाउन बहुमत जुटाउने प्रयास गरिरहेकै छ । यस्तोमा कांग्रेसबाहेक दुई–दुई सिट जितेका भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) र सीपीआईले पनि टीभीकेलाई समर्थन गर्नसक्ने संकेत दिएका छन् ।

यस्तै, दुई सिट जितेको इन्डियन युनियन मुस्लिम लिगले पनि ‘रचनात्मक तथा आलोचनात्मक’ समर्थन दिनसक्ने जनाएको छ । यसरी टीभीके प्लसको संख्या ११९ पुग्न सक्छ, जुन बहुमतको आवश्यक संख्या भन्दा बढी हो ।

टीभीके अगाडि दोस्रो विकल्प अल्पमत सरकार बनाउने हो । सबैभन्दा ठूलो पार्टी भएकाले राज्यपालले टीभीकेलाई सरकार बनाउन बोलाउन सक्छन् । सरकार बनाएपछि टीभीकेले अन्य दललाई आफ्नो पक्षमा ल्याउने प्रयास गर्नसक्छ ।

विजयको जितले बढायो चुनौती ?

टीभीके बहुमतभन्दा १० सिटले पछाडि भएपनि सरकार गठनका लागि उसलाई कम्तीमा १२ अतिरिक्त विधायक आवश्यक पर्नेछ ।

किनकि उसले जितेका १०८ सिटमध्ये दुई सिट तिरुचिरापल्ली इस्ट र पेराम्बुरमा विजय थलापति विजयी भएका छन् । नियमअनुसार उनले एउटा सिट खाली गर्नुपर्ने भएकाले टीभीकेको सिट १०७ मात्रै कायम हुने छ ।

यस्तै एक जना सभामुख पनि चयन हुनेछन् । विश्वास मतका बेला सभामुखले मतदान नगर्ने भएकाले टीभीकेको मतदान गर्ने सांसद संख्या घटेर १०६ मा झर्नेछ । –बीबीसी हिन्दीबाट

यो पनि पढ्नुहोस्

सिनेमाको पब्लिसिटी गर्न मोफसल पुग्यो ‘रोल नं १’को निर्माण टिम

सिनेमाको पब्लिसिटी गर्न मोफसल पुग्यो ‘रोल नं १’को निर्माण टिम

३ दिन अगाडि
‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

विपिन हत्या प्रकरणमा संलग्न तीन जना पक्राउ

यस बर्षकाे तेस्रो भाषा दिवस भव्य रूपमा मनाइयाे

सुनचाँदीको मूल्य बढ्याे

संघीय सदनको संयुक्त बैठक सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक