शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सैनिक हटाउने

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सैनिक हटाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सैनिक हटाउने निर्णय गरेको छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार यो प्रक्रिया आगामी ६ देखि १२ महिनाभित्र पूरा हुनेछ। यो कदम सीधै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्जबीच भएको सवाल-जवाफ पछि चालिएको हो।

मर्जले गत महिना एक कार्यक्रममा अमेरिकाको कुनै राम्रो योजना नभएको बताएका थिए। यस युद्धबाट कसरी बाहिर निस्कने भन्ने अमेरिकालाई थाहै नभएको उनको टिप्पणी थियो।

मर्जले इरान वार्ता टार्न माहिर रहेको र अमेरिका विना कुनै नतिजा इस्लामावादसम्म ओहोरदोहोर गर्नुपरिरहेको उल्लेख गर्दै यसले गर्दा अमेरिका इरानसामु अपमानित हुनुपरेको बताएका थिए ।

यसबाट ट्रम्प रुष्ट भएका थिए। उनले मर्जलाई जवाफमा उनले धेरै खराब काम गरिरहेका बताएका थिए । ‘मर्जालाई लाग्छ कि इरानसँग परमाणु हतियार हुनु राम्रो कुरा हो। उनीहरूलाई वास्तविकताको बुझाइ छैन,’ ट्रम्पले भनेका थिए ।

जर्मनीमा ३६ हजार अमेरिकी सैनिक तैनाथ

बीबीसीका अनुसार, डिसेम्बरसम्म जर्मनीमा ३६ हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ थिए। यो सङ्ख्या जापानपछिको दोस्रो ठूलो तैनाथी हो, जहाँ करिब ५५ हजार अमेरिकी सैनिक रहेका छन्।

यसबाहेक इटालीमा करिब १२ हजार र बेलायतमा लगभग १० हजार अमेरिकी सैनिक तैनाथ छन्। जर्मनीमा रहेका अमेरिकी सैन्य अखडाहरू लामो समयदेखि युरोपमा अमेरिकाको रणनीतिक उपस्थितिको महत्त्वपूर्ण हिस्सा रहँदै आएका छन्।

यद्यपि, इरानलाई लिएर अमेरिका र युरोपेली देशहरूबीच तनाव बढेको छ। युरोपेली देशहरूले इरान युद्धमा ट्रम्पलाई साथ दिन पटकपटक अस्वीकार गरेका छन्।

त्यसपछि ट्रम्पले युरोपेली देशहरू केवल ‘कागजी बाघ’ भएको र आवश्यक पर्दा कहिल्यै काम नलाग्ने आरोप लगाउँदै आएका छन्।

यसैबीच ट्रम्पले इटाली र स्पेनबाट पनि सैनिक हटाउने सङ्केत दिएका छन्। यी देशहरूले इरानविरुद्ध अमेरिकालाई साथ नदिइरहेका र यसले गर्दा नेटोभित्र मतभेद बढ्दै गएको देखिएको ट्रम्पको प्रतिक्रिया छ ।

सैनिक हटाउने ट्रम्पको अर्को प्रयास

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि पनि जर्मनीबाट सैनिक हटाउने कुरा गरिसकेका छन्। त्यतिबेला उनले जर्मनीलाई टाट पल्टिएको भनेका थिए किनभने जर्मनी नेटोको निर्धारित २ प्रतिशत रक्षा खर्चको लक्ष्यभन्दा पछाडि थियो।

त्यतिबेला उनले १२ हजार सैनिक हटाउने योजना बनाएका थिए, तर अमेरिकी संसद्को विरोध र प्राविधिक समस्याका कारण यो लागू हुन सकेन।

पछि राष्ट्रपति जो बाइडेनले सन् २०२१ मा यो योजनालाई रोके र त्यसपछि रद्द गरिदिए। गत वर्ष अमेरिकाले रोमानियामा पनि आफ्ना सैनिकहरूको सङ्ख्या कम गर्ने निर्णय गरेको थियो।

वास्तवमा, ट्रम्प चीनको खतरासँग जुध्नका लागि अमेरिकी सैनिकहरूलाई युरोपबाट हटाएर एसिया-प्रशान्त क्षेत्रमा सार्न चाहन्छन्।

जर्मनीमा अमेरिकाका सैन्य अखडाहरू किन छन्?

जर्मनीमा अमेरिकी सेनाको उपस्थिति सन् १९४५ देखि सुरु भयो, जब नाजी जर्मनीको हारपछि अमेरिकाले त्यहाँ कब्जा गरेको थियो। दोस्रो विश्वयुद्धलगत्तै त्यहाँ करिब १६ लाख अमेरिकी सैनिक तैनाथ थिए, यद्यपि १ वर्षपछि त्यहाँ ३ लाख सैनिक मात्र बाँकी रहे।

सुरुवातमा उनीहरूको काम जर्मनीको अमेरिकी नियन्त्रणमा रहेको हिस्सा सम्हाल्ने र नाजीकरण अन्त्य गर्ने थियो। तर पछि शीतयुद्ध सुरु भएसँगै अमेरिकाको उद्देश्य बदलियो र जर्मनीलाई सोभियत सङ्घविरुद्ध एक मजबुत रक्षा पर्खाल बनाइयो।

सन् १९४९ मा नेटो बनेपछि, अमेरिकाका यी सैन्य अखडाहरू स्थायी भए। यिनको उद्देश्य पश्चिम जर्मनीलाई बलियो बनाउनु र सोभियत सङ्घको प्रतिरोध खडा गर्नु थियो।

शीतयुद्धको समयमा जर्मनीमा अमेरिकाका करिब ५० ठूला सैन्य बेस र ८०० भन्दा बढी साना अखडाहरू थिए। त्यसबेला त्यहाँ २.५ लाखभन्दा बढी अमेरिकी सैनिक तैनाथ रहन्थे, र कतिपय ठाउँमा त पूरै अमेरिकी बस्तीहरू बसेका थिए, जहाँ सैनिकका परिवारका सदस्यहरू बस्थे।

यो पनि पढ्नुहोस्

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

३ घण्टा अगाडि
पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

१३ घण्टा अगाडि

सोभियत सङ्घ कमजोर भएपछि सैनिक फर्किए

सन् १९८९ मा बर्लिनको पर्खाल ढलेपछि र १९९१ मा सोभियत सङ्घ टुक्रिएपछि अमेरिकाले आफ्नो उपस्थिति निकै कम गर्‍यो, तर पूर्ण रूपमा हटाएन।

अहिले युरोपमा अमेरिकाका करिब ६८ हजार सैनिक तैनाथ छन्, जसमध्ये लगभग ३६ हजार ४ सय जर्मनीमा मात्र छन्। यी सैनिकहरू २० देखि ४० फरक-फरक बेसमा फैलिएका छन्।

स्टुटगार्टमा युरोप र अफ्रिकाका लागि अमेरिकी कमान्ड हेडक्वार्टर छ, जहाँबाट पूरै क्षेत्रमा सैन्य कारबाही नियन्त्रण हुन्छन्।

युरोपमा रहेका अमेरिकी सेनाका सातमध्ये पाँच स्थायी अखडाहरू जर्मनीमै छन्, बाँकी बेल्जियम र इटालीमा छन्। जर्मनीका सबैभन्दा ठूला अखडाहरूमा रामस्टेन एयर बेस समावेश छ, जुन युरोपमा अमेरिकी वायुसेनाको मुख्य केन्द्र हो र यहाँ करिब ८,५०० सैनिक छन्।

यसबाहेक ग्राफेनवोहर, विल्सेक र होहेनफेल्स युरोपको सबैभन्दा ठूलो अमेरिकी तालिम क्षेत्र हुन्। विसबाडेनमा अमेरिका आर्मी युरोप र अफ्रिकाको मुख्यालय छ र ल्यान्डस्टुल मेडिकल सेन्टर विदेशमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अस्पताल हो।

कसलाई कति फाइदा ?

यी बेसको भूमिका अब पूर्ण रूपमा बदलिसकेको छ। पहिले यी सोभियत खतरा रोक्नका लागि थिए, तर अब यी अमेरिकाका लागि ‘लन्चिङ प्याड’ र लजिस्टिक हब बनेका छन्। यहींबाट अमेरिकाले इराक, अफगानिस्तान र हालै इरानसँग जोडिएका सैन्य अभियानहरू चलायो र सहयोग गर्‍यो।

वास्तवमा सम्झौता कस्तो छ भने अमेरिकाले युरोपको सुरक्षामा मद्दत गर्छ र बदलामा युरोपले उसलाई यस्तो पूर्वाधार दिन्छ जसबाट उसले विश्वभर आफ्ना सैन्य अभियान चलाउन सकोस्। त्यसैले यो ‘युरोपलाई मद्दत’ मात्र नभएर अमेरिकाको रणनीतिको हिस्सा हो।

विज्ञहरू के भन्छन् ?

सुरक्षा विज्ञहरूका अनुसार, यदि अमेरिकाले जर्मनीबाट आफ्ना सैनिक हटायो भने यसको ठूलो असर पर्न सक्छ। यसले नेटोको एकता कमजोर हुन सक्छ, विशेषगरी यस्तो समयमा जब विश्वमा पहिले नै तनाव बढेको छ।

साथै यसबाट के सन्देश जान सक्छ भने अमेरिका अब युरोपको सुरक्षालाई लिएर त्यति गम्भीर छैन, जसको फाइदा रुसजस्ता देशले उठाउन सक्छन्।

अमेरिकी संसद्मा पनि यो निर्णयको आलोचना भइरहेको छ। कैयौँ नेताहरूले यसलाई लापरवाहीपूर्ण बताएका छन् । उनीहरूले यसले युरोपमा अमेरिकाको पकड कमजोर हुन सक्ने टिप्पणी गरेका छन् ।

सिनेटर ज्याक रिडका अनुसार यो कदमले अमेरिका आफ्ना सहयोगीहरूसँगको प्रतिबद्धतालाई राष्ट्रपतिको मुडअनुसार परिवर्तन गरिरहेको छ भन्ने देखाउँछ। उनले यदि यो निर्णय रोकिएन भने, यसले सम्बन्ध र देशको सुरक्षामा लामो समयसम्म नराम्रो असर पर्न सक्ने चेतावनी दिए।

उता, रक्षा विशेषज्ञ ब्राडली बोमनको भनाइ छ- जर्मनी र युरोपमा अमेरिकी सेनाको उपस्थिति रुसलाई रोक्न मात्र मद्दत गर्दैन, बरु यसले अमेरिकालाई भूमध्यसागर, मध्यपूर्व र अफ्रिका जस्ता क्षेत्रहरूमा आफ्नो सैन्य शक्ति छिटो पुर्‍याउन पनि मद्दत गर्छ।

यसबाहेक, एउटा ठूलो अपरेसनल मुद्दा पनि छ। जर्मनीमा रहेका अमेरिकी बेसहरू आपूर्ति प्रणाली, गुप्तचर र विश्वको जुनसुकै कुनामा पनि तुरुन्तै सैनिक पठाउने क्षमताका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छन्।

(एजेन्सीहरूको सहयोगमा)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक