काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्रीमा बनाएको छ ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले अछामका शाहलाई महामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको हो।
रास्वपामा दुई जना महामन्त्री यसअघि नै छन्। कविन्द्र बुर्लाकोटी र सुनील लम्साल यसअघि महामन्त्री रहेकामा अब शाह पनि थपिएका हुन्।


