सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साफमा नेपालको सहभागिता गम्भीर संकटमा

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
साफमा नेपालको सहभागिता गम्भीर संकटमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आसन्न साफ महिला च्याम्पियनसिप २०२६ मा नेपालको सहभागिता गम्भीर संकटमा परेको छ ।

प्रतियोगिता सुरु हुन एक महिना अगावै प्रारम्भिक ३५ सदस्यीय टोली बुझाउनुपर्ने समयसीमा नजिकिँदै गर्दा नेपाली फुटबल प्रशासन पूर्ण रुपमा अन्योलमा फसेको छ ।

साफ महिला च्याम्पियनसिपको आठौं संस्करण भारतको गोवा राज्यस्थित मार्गाओ शहरमा मे २५ देखि जुन ७ सम्म हुँदैछ । अन्तर्राष्ट्रिय नियमअनुसार सहभागी राष्ट्रहरुले एक महिनाअघि प्रारम्भिक टोली बुझाइसक्नुपर्छ । यस्तोमा नेपालले साफ च्याम्पियनसिपमा सहभागिता जनाउने हो भने अप्रिल २६ मा ३५ सदस्यीय टोली बुझाउनुपर्ने हुन्छ । तर, मात्र ११ दिनको समय बाँकी रहँदा खेलाडीहरुलाई अहिलेसम्म नबोलाइएको खबर प्राप्त भएकाे छ । जसकाे प्रमुख कारण बनेकाे छ अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको निलम्बन ।

एन्फा अहिले राष्ट्रिय खेलकुद परिषद (राखेप)को तीन महिने निलम्बनमा छ । जसले गर्दा प्रशासनिक काम ठप्प छ । यही कारण नेपालको सहभागिता संकटमा परेको हो । एन्फाले आफ्नो कार्यकाल नसिकिँदै ‘अर्ली इलेक्सन’ गराउने प्रयासमा लागेपछि विवाद चुलिएको हो । साधारणसभाको निर्णय विपरीत जिल्ला तहको निर्वाचन नगरी पुरानै प्रतिनिधिलाई मताधिकार दिएर केन्द्रको चुनाव गराउन खोजिएको आरोप एन्फामाथि लागेको छ ।

यस विषयमा अदालत, राखेप, युवा तथा खेलकुद मन्त्रालयलगायत निकायहरुले पटकपटक हस्तक्षेप र निर्देशन दिए पनि एन्फाले ती निर्देशनलाई बेवास्ता गर्दै चुनाव प्रक्रिया अगाडि बढाउन खोजेपछि अन्ततः राखेपले चैत्र ११ मा एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।

निलम्बनकै कारण नेपालले थाइल्यान्डमा भइरहेको फिफा सिरीज गुमाइसकेको छ । निलम्बन फुकुवा नभए नेपालले साफ च्याम्पियनसिप पनि गुमाउने निश्चित छ ।

‘हामी राखेपको निर्णय कुरिरहेका छौं । निलम्बन फुकुवा नहुने हो भने नेपाली महिला फुटबललाई ठूलो घाटा हुनेछ,’ एन्फा प्रवक्ता सुरेश शाहले जानकारी गराए।

एन्फा निलम्बनपछि विश्व फुटबलको नियामक निकाय फिफो यो विषयलाई ‘तेस्रो पक्षको हस्तक्षेप’को रुपमा लिँदै सात दिनभित्र राखेपले निलम्बन फुकुवा गरी चुनावी प्रक्रिया जहाँबाट रोकिएको थियो, त्यहाँबाट पुनः सुचारु नगरे नेपाललाई निलम्बन गर्ने चेतावनी दिँदै अप्रिल ५ मा पत्र काटेको थियो ।

सोमबार मात्र फिफा र एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधिले एन्फा र राखेपबीच भर्चुअल वार्ता गरेका थिए । वार्तामा फिफा र एएफसीले राखेपको निलम्बन फिर्ता लिएर चुनावको पुरानै कार्यक्रममा फर्कने कुरामा जोड दिएका थिए । राखेपले भने राष्ट्रिय खेलकु ऐनको पालना गराई संघको पारदर्शिता, असल शासन र संघको स्थायित्व कायम राख्ने उद्धेश्यका साथ ‘अर्ली इलेक्सन’ रोकेको कुरामा अडिग छ ।

साफ महिला च्याम्पियनसिपमा नेपाल ६ पटकको उपविजेता हो । नेपालले पछिल्ला तीन संस्करण दक्षिण एसियाली राष्ट्रहरुलाई साफ च्याम्पियनसिपका लागि आतिथ्यता गरेको थियो । यी तीनवटै संस्करणमा नेपाल फाइनल पुगेको थियो । तर, उपाधिको भोक भने मेटाउन सकेन ।

यो पनि पढ्नुहोस्

विश्वकपको पहिलो खेलमा जापान र नेदरल्यान्ड्सबीच बराबरीमा खेल्याे

विश्वकपको पहिलो खेलमा जापान र नेदरल्यान्ड्सबीच बराबरीमा खेल्याे

४५ मिनेट अगाडि
स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक