काठमाडौं । साताकाे अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउमा गिरावट आएकाे छ । सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ र चाँदी १२० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएकाे छ ।
आज महासंघले सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ हजार १३० रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २५० रुपैयाँ थियो । गत शुक्रबार चाँदी ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

