बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

बम बर्षाउदै ईरानसँग युद्ध बिरामको कुरा गर्न अमेरिका बाध्य

धारणा न्यूज by धारणा न्यूज
७ दिन अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
लोकनारायण सुबेदी
  अमेरिकी अर्थ बयवस्थाको हिसाबले यो ईरान बिरुद्ध थोपरिएको अमेरिकी–इज्रायली साम्राज्यबादी लडाई शरुदेखि नै निकै महँगो परिरहेको युद्ध–अर्थ राजनीतिक बिश्लेषहरु औंल्याउदै आएका थिए  । यस युद्धको कडा प्रतिरोधी ईरानले अहिलेसम्म ३ हजारभन्दा बढी ड्रोनको प्रहार गरिसकेको तथ्यांक बिश्लेषकहरुले ती औंल्याएका छन् । ती ईरानी ड्रोनहरुको मूल्य झण्डै २० हजार डलर जति पुगेको बताईन्छ । तर ती ईरानी ड्रोनहरुलाई खसाल्नका लागि अमेरिकाका जुन प्रक्षेपास्त्र(मिसाईलहरु) प्रयोग गरिएका छन् तिनको मूल्य भने १० लाख डलरभन्दा बढी भएको आकलन ती बिश्लेषकहरुले गरेका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बितेको सातादेखियता बिहान बेलुकै युद्ध बिरामका लगि  बारम्बार जोड दिदै आइएरहेका थिए र यो युद्ध अब समाप्त हुनै लागेको बताइरहेका थिए । तर उनले यसो भन्नु भन्दा पहिला त उनी यो ईरानसँगको अमेरिका र ईज्रायलको संयुक्त युद्ध उनीहरुले जित्नै लागेको घोषणा गर्दै थिए । कतिसम्म भनेका थिए भने ईरानले अब घुँडा टेक्नै आँटेको छ । पछिल्लो समय उनका ती सबै कुरा झूटो प्रचार गरिएका नक्कली कुरा साबित भए । त्यसपछि ट्रम्पलाई ययार्थ शायद महसुश भयो होला ।
 त्यसैले गएको २९ फेब्रुअरीका दिन ईरानमाथि हमला गर्ने र त्यहाँका सर्बोच्च नेता अली खामेनेईको हत्या गर्ने काम गरेपछि ईरानमा आफु खुशीले शासक नियुक्त गर्ने र त्यसपछि ईरानको तेल भण्डार कब्जा गर्ने उनको जुन ठूलो  सपना र इरादा थियो त्यो ईरानको अपूर्ब अप्रत्याशित प्रतिरोधले चकनाचुर तुल्याइदियो । त्यसैले युद्धका झण्डै तीन साता  बित्न थालिसकेपछि युद्ध शुरु गर्ने अमेरिका नै यतिबेला पछि हट्न थालेको या हट्ने उपाय खोजिरहेको प्रतीत हुन्छ । अमेरिकामा नै यो युद्धको ठूलो बिरोध उनले खेपिरहेका छन् । तर अडियल प्रकारका जिद्दी डोनाल्ड ट्रम्प आफ्नो त्यो हठीपन अहिले पनि जारी नै राखिरहेका देखिन्छन् र भन्दैछन् कि ईरान बार्ताका लागि तयार भएको छ । ईरानले भने बर्ताको त कुरै छोडौ त्यसमा सम्भावनालाई पनि स्पष्टसँग अस्वीकार गरिरहेको छ । यद्यपि युद्धरत पक्ष बार्ताका लागि पनि तयार रहिरहने कुरालाई कसैले इनकार त गर्दैनन् तर अमेरिकाले बार्ताभन्दै हमला गर्दै गरेर बिगतमा धोका दिदैएकोले ईरानले अहिले त्यस्तो बताएको होला । यद्यपि कुनै दिन समस्या सही समाधानको लागि बार्ता हुने कुरा पनि कसैले इनकार गर्दैन । तर अहिले बार्ता बार्ता भन्ने कुरा ट्रम्पले बारम्बार गर्न थालेका छन् । ईरान भने जबाफी हमलामा नै जोड दिइरहेका छ । भारत, पाकिस्तान लगायत बिभिन्न आठ देशहरुसँग ट्रम्पले बार्ताको मध्यस्थताका लागि हार गुहार गरिरहेको देखिन्छ । के बताइन्छ भने पाकिस्तानले ईरानसँग अमेरिकाको बार्ता गराउन सक्छ र यसमा अमेरिकाका उपराष्ट्रपति जेडी भान्स सामेल हुनसक्ने पनि बताइएको छ । तर ईरानीपक्षबाट को बार्तामा को सामेल होला त्यसको अनुमान समेत लाग्न सकेको छैन ।
यस सम्वन्धमा भारतमा त केसम्म पनि भनिदैछ भने यदि पाकिस्तानले यो बार्ताको मध्यस्थता गर्न सक्यो भने त्यो भारतका लागि पनि एउटा पराजय जस्तै ठहरिनेछ । त्यो किन पनि भने बिश्वमा पाकिस्तालाई एकथरीले एउटा आक्रान्त देशको रुपमा हेर्ने गदैै आएका छन् अनि भारतलाई भने तथाकथित  शान्तिदूतकारुपमा । त्यसैले भारतीय सत्तापक्ष पाकिस्तानबाट आफुलाई प्राप्त कथित शान्तिदूतको कल्की खोसिने चिन्ताले पाकिस्तानप्रति पूर्बाग्रह ओकलिरहेको प्रतीत हुन्छ ।
यद्यपि यो आलेख तयार गर्दैगर्दा पछिल्लो समय अमेरिकार र इज्रायलले इरानको सैन्य केन्द्रहरु र शस्तास्त्र उत्पादन केन्द्रहरुमाथि भिषण आक्रमण गरेर ईरानलाई उठ्नै नसक्ने गरी थला बसाएको र अब ईरान बार्ताका लागि तयार भएको भनेर पनि प्रचार गर्न छोडेको छैन । तर बिश्वको सबैभन्दा शक्तिशाली सैन्य क्षमता र प्रबिधि भएको अमेरिकार र इज्रायलसँग एक महिनादेखि लगातार प्रतिरोध चलाइरहेको ईरानलाई कम आक्ने जुन प्रचारबाजी अमेरिका र इज्रायलले चलाउदै आएका थिए त्यो भने सरासर झूटो रहेछ भन्ने कुरा प्रमाणित भएको छ । पुरानो सभ्यता भएको मुलुकको आधुनिक सैन्य क्षमता पनि निकै सबल र अत्याउने खालकै बिकसित गरेको यो युद्धले प्रष्ट पारिदिएको छ । बिश्वलाई २५ प्रतिशत तले आफूर्ति गर्ने मूख्य द्वार हर्मुज जल डमरुको मूल जलमार्गमा ईरानले रोकावट गरेबाट पनि उसको क्षमतालाई दर्शाइरहेको छ । यसले गर्दा तेल आपूर्ति श्रृंखला अबरोध भएर बिश्वभरी नै तेलको मूल्य बढेको र त्यसको चौतर्फी प्रभावले गर्दा आधारभूत खाद्य बस्तु लगायत अन्य दैनिक उपभोगका उपयोगी  बस्तुहरुको मूल्य पनि प्रभावित भएर जन जीवन थप कष्टकर बन्न थालेको छ ।
  एक महिनादेखि  लगातार चल्दै आएको यो युद्धमा हजारौंले मृत्यु बरण गर्न बाध्य हुनुु परेको छ भने लाखौं लाख परिबार बर्बाद बन्न पुगेका छन् । अनि कयौं देशको अर्थब्यवस्थामा ठूलो नकारात्मक असर पुगेको छ । यी सबै कारणले गर्दा अर्बौं अर्बको धन सम्पत्ति नष्ट भएको र भइरहेको छ । दुबै हातले धन सम्पत्ति प्रदान गर्ने पृथ्वीलाई बम–बारुदको मारले ध्वस्त र मरणासन्त तुल्याइदिएको र तुल्याइरहेको छ । बोल्न नसक्ने पशु पंक्षीहरु, जीवजन्तुहरु, बोट बिरुवाहरुको अस्तित्व नै यसले ठूलो संकटमा परेको छ । त्यतिमात्र होइन, महासागर, सागर, नदीहरु,तलाऊ र पोखरीहरुमा पनि युद्धले बिषालु बन्न पुगेका छन् । यस स्थितिले सबै कुरा भताभुंग भएको प्रष्ट छ । अनि हतियार उदाउँदै र सर्बत्र ध्वंश मच्चाउदै बार्ताको कुरा गर्नु पनि पाखण्ड बाहेक केही हुँदैन नै । युद्धको शुरुवातमै अमेरिकी – इज्रायली साम्राज्यबादले ईरानका सर्बोच्च नेता अली खाईमेनीको हत्या गरेपछि ईरानले आफ्नै शर्तमा मात्र युद्ध बन्द हुने कुरा जनाउँदै आएको छ र रगतको आखिरी थोपा रहुञ्जेल लड्ने शपथ खाँदै आएको छ । यस कारणले पनि ईरानले हमला तीब्र पारेको र त्यसलाई समाप्त पार्ने कुरा पनि गरिरहेको छैन । यद्यपि कुरा गर्दै नगर्ने भनेको छैन र सार्थक बार्ता गर्ने कुरा पनि बताइरहेको छ र कुनै सम्भावित सम्झौताका लागि तयार रहेको पनि बताउन छोडेको छैन । इज्रायलले सिधै बार्ता गर्ने त भनेको छैन तर ईरानको आक्रामक तेब्बर देखेर ठूलो असमञ्जसमा परेको र अरु अरु देश मार्फत अप्रत्यक्षरुपमा बार्ताको प्रस्ताव उसले पनि राख्न छोडेको छैन । ट्रम कहिले ४८ घण्टाको समय दिन्छन्, कहिले ५ दिनको समय दिन्छन् भने पछिल्लो समय ३० दिनको दिएका छन् । तर ईरानले यसलाई बिश्वसनीय मानेको देखिदैछ भने ट्रम्पसँग इज्रायलका नेता नेतान्याहू «पनि आश्चर्यमा परेको देखिएको छ ।
हुन पनि अमेरिकाले उच्च र छिटो उडान गर्ने ब्यालेस्टिक मिसाईल जस्ता फाइटर बिमानमा ठूलो लगानि  गरेको थियो । तर ईरानले थोरै खर्चमा तल तल उड्ने, राडारको दूरीले नभेट्ने  र मन्द गतिका जुन ड्रोनहरु बनाएको रहेछ त्यसले नै उसले काम फत्ते गरिरहेको छ । एकथरीले ईरानका त्यस्ता ‘ड्रोन गुरिल्ला’हरुले अमेरिका र इज्रायललाई आच्छु आच्छु पारेको बताइरहेका छन्  । ईरानले अमेरिका र इज्रायललाई यसरी ड्रोनले जबाफ दिने तयारी कहिलेदेखि गरिरहेको थियो बल्ल अहिले मात्र थहा हुन सकेको छ । यद्यपि अमेरिकाको सिआईए र इज्रायलको मोसाद बिश्वका सबैभन्दा खतरनाक प्रभावशाली गुप्तचर संस्था मानिन्छन् तिनको अबस्था पनि यो लडाईले खुलस्त पारिदिएको छ । ईरानलाई निकै कमजोर सम्झेर अमेरिकी र इज्रायली साम्राज्यबादीहरुले जुन युद्ध थोपरेका थिए त्यसका बिरुद्ध ठूलो मूल्य चुकाएर ईरान लडिरहेको छ । बिश्व जनमत ईरानको पक्षमा छ । किनभने यो युद्ध अमेरिका र इज्रायलले अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र संघको बडापत्र तथा सार्बभौम राष्ट्रहरुको सिद्धान्त बिपरीत ईरानमाथि लादिएको युद्ध हो । त्यसैले अमेरिका अत्तालिएर बार्ता बार्ता भन्दै नयाँ हमला गर्ने तयारीमा लागेको ईरानले आकलन गर्दै एकथोपा रगत हुञ्जले देशको रक्षाका लागि लड्ने कुरा बारम्बार दोहोर्याउने गरेको छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

यी हुन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

१२ घण्टा अगाडि
नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने

नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

रास्वपाकाे संसदीय दलको बैठक सुरु

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

रात्रिकालिन बस सेवा सुरु

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक