आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

जेनजी आन्दोलनलगत्तै हुनुपर्ने थियो कारबाही !

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
जेनजी आन्दोलनलगत्तै हुनुपर्ने थियो कारबाही !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ईश्वरी सिंह
जेनजी आन्दोलनका दोषीमाथि सरकारले धमाधम कारबाही थालेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको पक्राउ परेका छन् । काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ परेर हाजिरी जमानीमा छाडिएका छन् । यद्यपि, तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले नै यी नेतामाथि कारबाही अघि बढाउनुपर्ने थियो । तर, पूवन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन नै सार्वजनिक गर्न ढिला गरेको सरकारले उनीहरुलाई कारबाहीको दायरामा ल्याउने आँट गर्न सकेन ।
तर, वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठनको केही घण्टाभित्रै ओली र लेखक पक्राउ परिसकेका थिए । दुवै नेतामाथि २३–२४ भदौमा भएको जेनजी आन्दोलन दमनसँग सम्बन्धित घटनामा संलग्नताको आरोपमा अनुसन्धान अघि बढाइएको छ । उक्त घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आन्दोलन दमनका क्रममा भएको क्षति र त्यसमा नेतृत्व तहको भूमिकाबारे विस्तृत अध्ययन गरेको थियो । सो अध्ययनपछि आयोगले केपी शर्मा ओली र रमेश लेखकविरुद्ध फौजदारी कसुरअन्तर्गत अनुसन्धान गर्न सिफारिस गरेको थियो । यही सिफारिसका आधारमा सरकारले कानुनी प्रक्रिया अगाडि बढाउँदै दुवैलाई पक्राउ गरेको हो ।
यस घटनाले देशको राजनीतिक वातावरणलाई तरंगित पारेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायतका दलहरूले यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् । उनीहरूको भनाइमा सरकार विपक्षी नेताहरूलाई निशाना बनाउँदै शक्ति दुरुपयोग गरिरहेको छ । तर सरकार पक्षले भने यो कारबाही पूर्ण रूपमा कानुनी प्रक्रिया भएको र कानुनभन्दा माथि कोही नहुने सिद्धान्तअनुसार अघि बढाइएको दाबी गरेको छ । यस घटनाले नेपालमा कानुनी शासन, राजनीतिक उत्तरदायित्व र शक्ति सन्तुलनबारे पुनः बहस सुरु गराएको छ । अब अदालतको निर्णय र अनुसन्धानको निष्कर्षले यस प्रकरणलाई कुन दिशामा लैजान्छ भन्ने कुरा सबैका लागि चासोको विषय बनेको छ ।
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै जेनजी आन्दोलनका क्रममा दोषी ठहरिएका व्यक्तिहरूमाथि कारबाही सुरु हुनु नेपाली राजनीतिक तथा सामाजिक वृत्तमा व्यापक बहसको विषय बनेको छ । विशेषगरी, उच्च तहका नेतादेखि अभियन्तासम्मलाई जिम्मेवार ठहर गर्दै कारबाहीको प्रक्रिया अघि बढाइनुले यो घटनालाई अझ संवेदनशील र महत्वपूर्ण बनाएको छ । ओली, लेखक लगायतका नाम जोडिनुले यस विषयले थप राजनीतिक आयामसमेत प्राप्त गरेको छ ।
जेनजी आन्दोलन मूलतः युवापुस्ताको असन्तुष्टि, सामाजिक अन्याय र राजनीतिक बेथितिविरुद्धको आवाजका रूपमा उदाएको थियो । आन्दोलनले समाजमा विद्यमान असमानता, बेरोजगारी, सुशासनको अभावजस्ता मुद्दाहरूलाई प्रमुखताका साथ उठाएको थियो । यसले छोटो समयमै व्यापक जनसमर्थन पनि प्राप्त ग¥यो । तर, आन्दोलनको क्रममा भएका केही घटनाहरूले यसको शान्तिपूर्ण स्वरूपमाथि प्रश्न उठाएका थिए । ठूलो संख्यामा मृत्यु, हिंसात्मक गतिविधि, सार्वजनिक सम्पत्तिमा क्षति तथा सुरक्षाकर्मी र सर्वसाधारणमाथि भएको दुव्र्यवहारका आरोपहरू सार्वजनिक भएसँगै यसबारे निष्पक्ष छानबिनको माग चर्किएको थियो ।
यही सन्दर्भमा गठन गरिएको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन तयार पारेको हो । आयोगले घटनाक्रमको विस्तृत अध्ययन गर्दै विभिन्न प्रमाण, साक्ष्य र प्रत्यक्षदर्शीहरूको बयानका आधारमा दोषीहरूको पहिचान गरेको बताइएको छ । प्रतिवेदनमा केही प्रभावशाली व्यक्तिहरूको नामसमेत समावेश हुनु यसका मुख्य विशेषता हुन् । यसले आयोगको काम केवल औपचारिकतामा सीमित नभई केही हदसम्म गम्भीरतापूर्वक गरिएको संकेत गर्दछ ।
अब प्रश्न उठ्छ, के यो कारबाही साँच्चिकै न्यायको दिशामा अघि बढेको कदम हो, वा राजनीतिक स्वार्थले प्रेरित निर्णय हो ? विरोधीले यसलाई प्रतिशोध भने पनि २३ भदौको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनु जरुरी थियो । त्यको काम बालेन सरकारले गरेको छ । दोषी जोसुकै भए पनि कानूनअनुसार कारबाही हुनु आवश्यक छ । लोकतन्त्रमा कानून सबैका लागि बराबर हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न यस्ता कदम अपरिहार्य हुन्छन् । यदि ओली, लेखक वा अन्य कुनै व्यक्तिले कानून उल्लंघन गरेका छन् भने उनीहरूमाथि कारबाही हुनु स्वाभाविक र आवश्यक प्रक्रिया हो ।
अहिलेको कारबाहीलाई विश्वसनीय बनाउन पारदर्शिता र निष्पक्षता अत्यन्त जरुरी छ । अनुसन्धान प्रक्रिया खुला, प्रमाणमा आधारित र कानुनी मापदण्डअनुसार हुनुपर्छ । जाँचबुझ आयोगको प्रतिवेदन आफैंमा अन्तिम सत्य होइन, तर यो कारबाहीका लागि महत्वपूर्ण आधार भने अवश्य हो । आयोगले प्रस्तुत गरेका निष्कर्षहरूलाई न्यायिक परीक्षणबाट पुष्टि गर्नुपर्ने हुन्छ । यसले मात्र दोषी र निर्दोषको स्पष्ट विभाजन गर्न सक्छ ।
यस घटनाले नेपालको न्याय प्रणालीको विश्वसनीयतामाथि पनि प्रश्न उठाएको छ । यदि यो प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न भयो भने यसले विधिको शासनप्रति जनविश्वास बढाउनेछ । तर यदि कुनै प्रकारको पक्षपात देखियो भने यसले झन् अविश्वास बढाउने खतरा छ । त्यसैले, सम्बन्धित निकायहरूले अत्यन्त जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता छ । ओली, लेखक लगायतका व्यक्तिहरूमाथि कारबाही सुरु हुनु केवल व्यक्तिगत जिम्मेवारीको प्रश्न मात्र होइन, यो राजनीतिक संस्कृतिसँग पनि जोडिएको विषय हो । नेपालमा लामो समयदेखि शक्तिशाली व्यक्तिहरू कानूनभन्दा माथि हुने प्रवृत्ति देखिँदै आएको छ । यदि अहिलेको कारबाहीले यस प्रवृत्तिलाई तोड्न सफल भयो भने यो ऐतिहासिक कदम सावित हुन सक्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

२ घण्टा अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक