काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही १२ चैतमा हुने हङकङविरुद्धको खेलका लागि बालगोपाल साहुखल र चेतन घिमिरेलाई राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।
यी दुईले नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनालाई सघाउनेछन् । अहिले भइरहेको राष्ट्रिय लिगमा साहुखलले सातदोबाटो युथ क्लब र घिमिरेल नेपाल पुलिस क्लबको प्रशिक्षण सम्हालिरहेका छन् ।
यसैगरी, मदनलाल श्रेष्ठले व्यवस्थापक, राजिवकुमार यादवले सहायक व्यवस्थापक र पंकज शाहीले विश्लेषकको जिम्मेवारी पाएका छन् ।
उनीहरुलाई मंगलबार एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले नियुक्ति पत्र प्रदान गरे ।
नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ । उक्त खेलमा लागि मुख्य प्रशिक्षक एरेनाले ४९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
बन्द प्रशिक्षणमा किरण चेम्जोङ, अनन्त तामाङ, अञ्जन विष्ट, भरत खवास, रोहित चन्द, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, एरिक विष्ट, अविष्कार खड्का, आयुष घलान, दिवाकर चौधर, अभिषेक लिम्बू, आदित्य शाक्य, अजय चौधरी, विशाल सुनार, दीप कार्की, दिपेश गुरुङ, दिनेश हेन्जन, जिलेस्पेजंग कार्की,सनिश श्रेष्ठ, किरण सुनार, कृतिशरत्न छुन्जु, कुशल देउवा, लच्छु थापा, लाकेन लिम्बू, मणि लामा, मनिष डाँगी, मिलन राई, ओशेन्द्र कटुवाल, पदम भट्टराई, योगेश गुरुङ, पेम्बादोर्जे लामा, पदमकुमार तामाङ, प्रदीप लामा, प्रतापसिंह राई, रामबाबुकुमार साह, प्रदीप बुढाथोकी,रोहन कार्की, रोमन भुजेल, सकल रेग्मी, योगेश धिमाल, सुरज तामाङ, शंकर थारु, सृजनराज गौतम, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, युवराज खड्कालाई बोलाइएका छन् ।


