काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनुको कुनै अर्थ नरहेको बताएका छन्।
भैंसीको अगाडि विन बजाउनु र वर्तमान सरकारलाई सुझाव दिनु उस्तै रहेको ओलीको कटाक्ष थियो। शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेला अवलोकन गर्न पुगेका उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सरकारले आफूहरुले दिएको सुझावको मतलव नै नराख्ने बताए।
उनले भने, ‘हुन त अहिलेको सरकारलाई सुझाव दिने भनेको हिन्दीमा एउटा भन्छः भैंस के आगे विन बझाए, भैंस रहे पगुराए भन्छ। भैसीको अगाडि विन बजायो भने उग्राएर बस्छ। त्यो केही मतलव राख्दैन। त्यस्तै हो अहिलेको सरकारलाई सुझाव दिने कुरा पनि।’


