एजेन्सी । इरानमाथि अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणप्रति रुसले प्रतिक्रिया दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी र अहिले रुसको सुरक्षा परिषद्का उपाध्यक्ष रहेका दिमित्रि मेद्भेदेवले अमेरिकाले आफ्नो असली रङ देखाएको टिप्पणी गरेका छन् ।
इरानसँग परमाणु वार्ताको बहाना गरी सैन्य अपरेशन अघि बढाएर अमेरिकाले असली चरित्र देखाएको उनको भनाइ छ ।
मेद्भेदेवले टेलिग्राममा लेखेका छन्, ‘शान्तिकर्ताले फेरि आफ्नो असली रङ देखायो ।’
उनले थपे, ‘इरानसँग भएका सबै वार्ता केवल बहाना मात्र हुन् । यसमा कसैले शंका गरेका थिएनन्, र वास्तवमा कसैले पनि कुनै सम्झौतामा पुग्न चाहेको थिएन ।’


