बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चुनाव प्रचारमा झडप हुँदा तीन जना घाइते

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बैतडी । चुनाव प्रचारका लागि घरदैलो अभियानका क्रममा  नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबिच झडप हुँदा एमालेका दुई जना र राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

बुधबार अपराह्न जिल्लाको डिलासैनी गाउँपालिका–७ को लेकटोलमा चुनाव प्रचारप्रसारको क्रममा दुवै पक्षबिच झडप भएको  थियो । डिलासैनी–७ घर भएका एमाले निकट युवा सङ्घका जिल्ला सदस्य जनक धामी र सोही ठाउँका माधव धामी घाइते हुनुभएको छ । झडपमा रास्वपा समर्थक लालबहादुर धामी रहनुभएको छ ।

घाइते भएका एमाले कार्यकर्ताको धनगढीमा उपचार भइरहेको छ भने रास्वपाका समर्थक सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज सिंहले बताउनुभयो ।

उहाँले घटनाको अनुसन्धानमा सोधपुछका लागि पाँच जनालाई पक्राउ गरिएको बताउनुभयो । घटना अनुसन्धानकै क्रममा रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने उहाँले जानकारी दिनुभयो । झडपपछि जिल्ला प्रहरी कार्यायबाट प्रहरी निरीक्षकको टोली डिलासैनीमा छ ।

झडपपछि एमाले र रास्वपाले अलग अलग विज्ञप्ति जारी गर्दै एकअर्कालाई दोष लगाएका छन् । दुवै पक्षले घटनामा संलग्नको पहिचान गरी कारबाहीको माग गरेका छन् ।

एमाले र रास्वपाबिच झडप भएको अघिल्लो दिन मङ्गलबार डिलासैनी गाउँपालिकाकै गन्नामा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रचारकबिच विवाद भएको थियो । नेकपाका उम्मेदवार परमानन्द भट्ट डिलासैनी पुग्दा त्यहाँ दुवै पक्षबिच सामान्य विवाद भएको थियो । अप्रिय घटना नभएको नेकपाका नेता प्रतीक कुँवरले बताउनुभयो ।

सुरक्षा व्यवस्था कडा

निर्वाचन नजिकिँदै जाँदा झडपको स्थिति आएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । डिलासैनीमा झडप भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर सुरक्षा व्यवस्था थप मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनुभयो ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीसमेत गरेर दुई हजार सात सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नभुयो, “निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिको बैठकपछि राजनीतिक दलसँग पनि बैठक बसेका छौँ । सबै राजनीतिक दलले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आचारसंहिताको पूर्णपालना गर्ने र यस्ता घटना नदोहो¥याउने प्रतिबद्धता जनाएका छन् ।”

यो पनि पढ्नुहोस्

देउवा समूहको महाधिवेशनमा विद्युतीय मेसिनबाट भोटिङ

देउवा समूहको महाधिवेशनमा विद्युतीय मेसिनबाट भोटिङ

५ मिनेट अगाडि
पूर्व मुख्यसचिव पक्राउ

पूर्व मुख्यसचिव पक्राउ

५३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्व मुख्यसचिव पक्राउ

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

देउवा समूहको महाधिवेशनमा विद्युतीय मेसिनबाट भोटिङ

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक