आइत, अशोज १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सबि भट्टराई
नेपाली राजनीतिमा दशकौंदेखि पुराना दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतको वर्चस्व कायम छ । यी दलहरूले सत्ता, सरकार र नीति निर्माणमा प्रमुख भूमिका निर्वाह गरेका छन् । विभिन्न गठबन्धन, विभाजन र पुनर्मिलनमार्फत उनीहरूले आफ्नो प्रभावलाई निरन्तरता दिएका छन् । तर, पछिल्ला वर्षहरूमा युवा पुस्ताको असन्तुष्टि बढ्दै गएपछि वैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ दलहरूले यो परिवर्तनको प्रतिनिधित्व गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले यो भिन्नतालाई स्पष्ट रूपमा उजागर गर्ने देखिएको छ । यो चुनाव विशेषगरी पुराना र नयाँ दलहरूबीचको प्रतिस्पर्धाको रूपमा देखापरेको छ । पुराना दलहरूमा कांग्रेस, एमाले, नेकपा आदि छन् भने नयाँमा रास्वपा प्रमुख छ । विभिन्न निर्वाचन क्षेत्रमा यी दलका उम्मेदवारहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने प्रष्ट संकेत छ । झापा—५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीचको भिडन्त यसको जीवन्त उदाहरण हो । यो क्षेत्रमा पुरानो पुस्ताको प्रतिनिधित्व गर्ने ओली र नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने बालेनबीचको प्रतिस्पर्धा राजनीतिक परिवर्तनको प्रतीक बनेको छ ।
चनाव नजिकिँदै गर्दा जनतामा मतदानसम्बन्धी उच्च सचेतता देखिएको छ । कुन पार्टी वा उम्मेदवारलाई समर्थन गर्ने, कसलाई भोट हाल्ने भन्ने विषयमा व्यापक छलफल भइरहेको छ । तर, अधिकांश जनताले यो समर्थनलाई चुनावसम्म मात्र सीमित राख्नुपर्ने धारणा राखेका छन् । चुनावपछि पनि एकआपसमा रिसइबी, द्वेष वा सामाजिक विभाजन ननिम्त्याउने भन्दै उनीहरूले परिपक्वता प्रदर्शन गरेका छन् । सामाजिक सञ्जाल र सार्वजनिक बहसमा यो कुरा बारम्बार दोहोरिएको छ । जनताले राजनीतिलाई व्यक्तिगत द्वन्द्व नबनाई राष्ट्रिय मुद्दामा केन्द्रित गर्न खोजेका छन् । यो प्रवृत्तिले नेपाली लोकतन्त्रको परिपक्वता दर्साउँछ ।
तर, नेताहरूको व्यवहार भने यसको ठीक उल्टो छ । पुराना दलका नेताहरूले नयाँ दल, खासगरी रास्वपा र यसका नेताहरूलाई लक्षित गरेर आक्रामक अभिव्यक्ति दिइरहेका छन् । रास्वपाका उम्मेदवारहरूमाथि विभिन्न आरोप, लाञ्छना र कटाक्ष लगाइएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछाने र बालेनविरुद्ध पटक—पटक तीखा टिप्पणी गरेका छन् । एमाले सचिव महेश बस्नेतलगायत नेताहरूले पनि यस्तै अभिव्यक्ति दिएका छन् । यी अभिव्यक्तिले चुनावी माहोललाई मुद्दाबाट टाढा लगेर व्यक्तिगत आक्रमणतर्फ मोड्ने प्रयास गरेको देखिन्छ ।
यसको विपरीत, रास्वपाका नेताहरूको शैली फरक र सकारात्मक छ । रवि लामिछाने, बालेन शाह, स्वर्णिम वाग्ले, मनीष झा लगायतले पुराना दलका नेतालाई गाली गर्ने वा व्यक्तिगत आरोप लगाउने अभिव्यक्ति दिएका छैनन् । उनीहरूले जनतालाई प्रत्यक्ष भेट्ने, आफ्ना एजेन्डा प्रस्तुत गर्ने र जनताको समस्या सुन्ने कार्यलाई प्राथमिकता दिएका छन् । घरदैलो, अन्तक्र्रिया कार्यक्रम र सभामार्फत् सुशासन, युवा रोजगारी, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह सुधार जस्ता मुद्दालाई अगाडि सारेका छन् । यो दृष्टिकोणले नयाँ दलहरूलाई जनमुखी, मुद्दामा केन्द्रित र संयमित देखाएको छ ।
हालैको एउटा घटनाले यो भिन्नतालाई अझ प्रस्ट पारेको छ । निर्वाचनको प्रचारका क्रममा बालेन शाह झापा—५ अन्तर्गत दमक—३ मा पुगेर प्रतिस्पर्धी केपी शर्मा ओलीको चुनावी प्रचार कार्यालय अगाडि गए । त्यहाँ बसिरहेका एमालेका स्थानीय नेता तथा कार्यकर्तासँग हात मिलाए । एमाले कार्यकर्ताले ’भेट भयो, खुशी लाग्यो’ भने । यो घटना राजनीतिक संस्कारको उत्कृष्ट उदाहरण बनेको छ । बालेनले प्रतिस्पर्धीलाई सम्मान गर्दै चुनावी प्रचारलाई सभ्य र सकारात्मक बनाएका छन् । यो कार्यले पुराना नेताहरूको आक्रामक शैलीसँग तुलना गर्दा नयाँ दलका नेताहरूको संयम, परिपक्वता र उच्च राजनीतिक संस्कार उजागर भएको छ ।
यो भिन्नता केवल अभिव्यक्ति शैलीमा मात्र होइन, राजनीतिक दृष्टिकोण र जनसेवाको प्रतिबद्धतामा पनि आधारित छ । पुराना दलहरूले लामो समय सत्तामा रहँदा विकास गरेका अभ्यासहरूमा व्यक्तिगत प्रतिशोध, आरोप—प्रत्यारोप, गठबन्धनको राजनीति र दलगत स्वार्थ प्रमुख छन् । यसले राजनीतिलाई नकारात्मक र विभाजनकारी बनाएको छ । नयाँ दलहरूले भने जनताको अपेक्षा अनुसार मुद्दामा आधारित, सकारात्मक, समावेशी र सद्भावपूर्ण राजनीति अपनाउने प्रयास गरेका छन् । बालेनको दमकको व्यवहारले स्वस्थ प्रतिस्पर्धाको जीवन्त उदाहरण प्रस्तुत गरेको छ ।
लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै स्वस्थ प्रतिस्पर्धा हो— जहाँ एकअर्कालाई सम्मान गर्दै जनताको सेवा गर्ने प्रतिस्पर्धा हुन्छ । बालेनले व्यवहारमै यो देखाएका छन् । यो प्रवृत्तिले अन्य दलका नेताहरूलाई पनि आत्मसमीक्षा र सिक्ने अवसर दिएको छ । यदि पुराना नेताहरूले नयाँ पुस्ताको यो शैलीबाट प्रेरणा लिए भने नेपाली राजनीतिमा सकारात्मक परिवर्तन आउन सक्छ । चुनावपछि पनि यो सद्भाव कायम रहनुपर्छ । जनताले देखाएको परिपक्वता र नयाँ नेताहरूको संयमित व्यवहारले राजनीतिक संस्कारलाई नयाँ उचाइ दिन सक्छ । पुराना विगतको विरासत र प्रतिशोध बोकेर हिँड्दै आएका छन् भने नयाँले भविष्यको आशा, सद्भाव र जनमुखी प्रतिबद्धता बोकेर अघि बढेका छन्, राजनीतिमा नयाँ र पुरानाबीचको मुख्य भिन्नता यही हो । फागुन २१ को निर्वाचनले यो भिन्नतालाई निर्णायक रूपमा प्रमाणित गर्नेछ । त्यसैले यो चुनाव केवल सांसद छान्ने होइन, राजनीतिक संस्कार छान्ने पनि हो ।

यो पनि पढ्नुहोस्

पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्यायो

त्रिवि परीक्षा केन्द्रमा सीसी क्यामेरा

१३ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

आज रास्वपाको बैठक बस्दै

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज रास्वपाको बैठक बस्दै

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

भाषा आयोगकाे बार्षिक प्रतिवेदन पेस

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

  प्रभु बैंककाे संस्थापक शेयर खरिद बिक्री खुल्ला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक