मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

किएभमाथि पुनः आक्रमण सुरु

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
किएभमाथि पुनः आक्रमण सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । रुसले मंगलबार युक्रेनको राजधानी किएभमाथि पुनः आक्रमण सुरु गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको छोटो युद्धविरामपछि चिसो मौसमको बीचमा नयाँ आक्रमण भएको हो ।

राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिसो मौसममा किएभ र अन्य सहरहरूमा आक्रमण रोक्न सहमति जनाएको जानकारी दिएका थिए। क्रेमलिनले युद्धविराम आइतबारसम्म लागू हुने बताएको छ । तर युक्रेनले मस्कोको आक्रमण नरोकिएको स्पष्ट पारेको छ ।

किएभ सहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोका अनुसार रुसले रातभर कडा चिसोका बीच अर्को ठूलो आक्रमण गरेको हो । आपतकालीन सेवाले किएभमा तीन जना घाइते भएको जनाएको छ ।

पूर्वी सहर खार्किवमा भएको रुसी गोलाबारीमा दुई जना घाइते भएको क्षेत्रीय सेना प्रमुख ओलेग सिनेगुबोभले जानकारी दिएका छन् । उनका अनुसार घन्टौँ लामो आक्रमणले ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै सहरलाई चिसोमा तापविहीन बनाउने उद्देश्य राखेको थियो ।

अधिकारीहरूले प्रणाली सुरक्षित राख्न ८०० भन्दा बढी घरमा अस्थायी रूपमा ताप कटौती गर्नुपरेको बताएका छन् । आवश्यक परेमा सर्वसाधारणलाई चौबीसै घण्टा सञ्चालनमा रहेका सुरक्षित केन्द्रहरूमा जान आग्रह गरिएको छ ।

किएभमा रातिको तापक्रम माइनस १७ डिग्री सेल्सियस र खार्किवमा माइनस २३ डिग्री सेल्सियससम्म झरेको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणले यसै महिनामा चार वर्ष पूरा गर्दैछ ।

वासिङ्टनले शान्ति सम्झौताका लागि प्रयास गरिरहेको भए पनि अबु धाबीमा भएको प्रारम्भिक वार्ता सफल हुन सकेन । वार्ताको दोस्रो चरण बुधबार सुरु हुने अपेक्षा गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले हालको तनाव घटाउने प्रयासले विश्वास निर्माणमा सहयोग पुगेको जनाएका छन् । तर क्षेत्रीय नियन्त्रणको विषय अझै विवादकै रूपमा रहेको छ । रुसले डोनेत्स्क क्षेत्रमाथि पूर्ण नियन्त्रण चाहेको छ, जसलाई किएभले अस्वीकार गर्दै आएको छ ।

एएफपीको विश्लेषणअनुसार जनवरी महिनामा रुसी सेनाले युक्रेनमा आफ्नो अग्रगमनलाई तीव्र बनाएको देखिन्छ । सो अवधिमा करिब ४८१ वर्ग किलोमिटर भूभाग नियन्त्रणमा लिइएको छ । यो अघिल्लो महिनाको तुलनामा झन्डै दोब्बर हो ।

यो पनि पढ्नुहोस्

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

९ घण्टा अगाडि
काबुलको सैन्य विमानस्थल विस्फोट, १० जनाको मृत्यु

यमनमा विस्फोट हुँदा १२ जना सैनिकको मृत्यु

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक