मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मनोवैज्ञानिक थ्रिलर चलचित्र ‘द ब्लू लाइट’ प्रदर्शन हुँदै

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
मनोवैज्ञानिक थ्रिलर चलचित्र ‘द ब्लू लाइट’ प्रदर्शन हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चलचित्र क्षेत्रमा एउटा फरक विधाको रूपमा हेरिएको मनोवैज्ञानिक थ्रिलर चलचित्र ‘द ब्लू लाइट’ माघ १६ गते (यही शुक्रबार) देखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ ।
बलियो स्टारकास्ट र आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरू अभिनय रहेको यस चलचित्रले नेपाली सिनेमाको परम्परागत धारभन्दा केही फरक स्वाद दर्शकलाई दिने अपेक्षा गरिएको छ । ‘द ब्लू लाइट’ मा  बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुशमान देशराज जोशीको मुख्य भूमिका रहेको छ ।

बेनिशा हमाल नेपाली सिनेमा उद्योगमा अब्बल अभिनय क्षमताका लागि परिचित छन् । बेनिशा जस्तो सुकै भूमिकामा पनि आफूलाई ढाल्न सक्ने अभिनेत्री हुन् ।

मोर्डन शहरिया अभिनेत्री हुन् अथवा गाउँले सोझी–सिधा युवतीको भूमिकामा होस्, उनी सधैँ फिट देखिन्छन् । जस्तोसुकै चरित्रमा पनि ढल्नसक्ने उनै अभिनेत्री बेनिशाको ‘द ब्लू लाइट’ लाई लिएर निकै उत्साहित छिन् ।

बेनिशा यो सिनेमाले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताउँछिन् । “अहिले हामीले हेरिरहेका चलचित्र भन्दा केही फरक छ,” बेनिशा भन्छिन्, “त्यसैले दर्शकले मन पराउनुहुनेछ भन्नेमा हाम्रो टिम विश्वस्थ छ ।”

चलचित्रको कन्टेन्ट र पफर्मेन्स मन परेर नै आफू निर्माणमा पनि जोडिएको उनले प्रष्ट पारेकी छन् । बेनिशा ‘द ब्ल्यू लाइट’को कार्यकारी निर्माता पनि हुन् । साइकोलोजिकल थ्रिलर चलचित्र ‘द ब्ल्यू लाइट’को विषय र प्रस्तुति मुख्य आकर्षण भएको उनले बताएकी छन् ।

यस्तै, अहिलेसम्म सुन्दरी र रोमान्टिक भूमिकामा देखिँदै आएकी अभिनेत्री श्रृष्टि श्रेष्ठ यस चलचित्रमा भने ‘नेगेटिभ’ भूमिकामा देखिँदै छिन् । उनले यसअघि पनि थ्रिलर फिल्म ‘११:५५’ मा काम गरेकी थिइन्, तर ‘द ब्लू लाइट’ को आफ्नो भूमिकालाई आफूले अहिलेसम्मकै फरक भूमिका निर्वाह गरेको बताएकी छन् ।

“यो चलचित्रमा मेरो भूमिका अलि ‘एन्टागोनिस्ट’ (खलपात्र) प्रकृतिको छ । मलाई यस्तै थ्रिलर जनराका फिल्महरूमा रुचाइएको छ, तर ‘द ब्लू लाइट’ को भूमिका र कथा एकदमै गहिरो र फरक छ,” उनले भनिन् ।

“एक कलाकारका रूपमा सधैँ राम्रो र सकारात्मक देखिनु भन्दा पनि यस्ता जटिल र नकारात्मक चरित्र निर्वाह गर्दा धेरै कुरा सिक्न पाइन्छ,” श्रृष्टिले आफ्नो अनुभव सुनाउँदै भनिन्, “निर्देशकको सोच र कथाको गहिराइले गर्दा म यो भूमिकाप्रति आकर्षित भएँ । यो मेरो करिअरकै अहिलेसम्मकै फरक भूमिका हो ।”

कलाकार अपर्ण थापाले चलचित्र ‘द ब्लू लाइट’ जस्तो सिनेमा कमै मात्रै बन्ने बताएका छन् । अपर्ण ‘द ब्लू लाइट’ जस्ता चलचित्र बनाउन बलिराम चौहानजस्ता निर्देशक नै चाहिने बताउँछन् ।

“द ब्लू लाइट जस्तो चलचित्र हम्मेसी बन्दैन । यस्तो चलचित्र बन्न बलिराम चौहान जस्ता निर्देशक नै चाहिन्छ,” अर्पण भन्छन्, “सिनेमा त धेरै बन्छन्, तर यस्तो चलचित्र घरीघरी बन्दैन, निर्देशक पनि त्यस्तै चाहिन्छ ।”

चलचित्रका केही सिन र त्यसको प्रस्तुतिको उनले तारिफ गरेका हुन् । “चलचित्र हेरेपछि दर्शकले धेरै कुरा थाहा पाउनुहुन्छ,” अर्पण भन्छन् ।

अर्पण भर्सटाइल अभिनेता हुनुका साथै आफैँ निर्देशक र लेखक पनि हुन् । गम्भीर अभिनयका लागि चिनिएका उनले चलचित्रमा पात्र निर्माण गर्दा ऐनामा हेरेर आफूलाई ‘ह्यान्डसम’ देख्नु र पर्दामा चरित्रमा ढल्किनु फरक कुरा भएको बताए ।

अर्पण भन्छन्, “कतिपय अवस्थामा हामी अभिनेताले मात्र पात्र बनाएको जस्तो ठान्छौँ, तर वास्तवमा एउटा चरित्र निर्माण हुनका लागि लेखनदेखि निर्देशन र पूरै निर्माण टोलीको उत्तिकै भूमिका हुन्छ । ‘द ब्लू लाइट’ मा हामीले एउटा यस्तो पात्रलाई प्रस्तुत गरेका छौँ, जसको मनोविज्ञानले दर्शकलाई सोच्न बाध्य बनाउनेछ ।”

अर्पणले आफू सधैँ फरक र चुनौतीपूर्ण चरित्रको खोजीमा रहने र यो फिल्मले आफ्नो त्यो भोक मेटाएको समेत बताए ।

चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा, श्रृष्टि र अर्पणका साथै आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

चलचित्र ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् । यो उनको पहिलो निर्देशन हो ।

स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।

नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।

यो पनि पढ्नुहोस्

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

१७ घण्टा अगाडि
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक