बुध, चैत्र ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कांग्रेसका १० नेता फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नलड्ने

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
कांग्रेसका १० नेता फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नलड्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका १० नेता फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । उनीहरूले निर्वाचन नलड्ने भन्दै सार्वजनिक रूपमा घोषणा गरेका छन् ।

अहिलेसम्म निर्वाचन नलड्ने घोषणा गर्नेमा  विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्मा छन् । २०७४ सालमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी आफू पार्टीको काममा लाग्ने सार्वजनिक रूपमा बताएका छन् ।

त्यस्तै हृदयराम थानी, दिलेन्द्र प्रसाद बडू, डा. नारायण खड्काले विज्ञप्ति जारी गरेर निर्वाचन नलड्ने बताएका छन् । उनीहरू सबै पूर्वमन्त्री र प्रत्यक्षमा कांग्रेसका तर्फबाट उम्मेदवार बन्दै पटक–पटक निर्वाचन जितेका नेतामा पर्छन् ।

बलबहादुर केसीले आफ्नो जिल्लाका सबै नेताहरूलाई राखेर निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

काभ्रेका नेता शिव हुमागाईले पनि आइतबार डा. शेखर कोइराला समूहले आइतबार काठमाडौँमा गरेको भेलामा निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

जेनजी आन्दोलन हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बद्री पाण्डेले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभा कतैतर्फ पनि उम्मेदवारी नदिने घोषणा गरेका छन् । गृहजिल्ला बाजुरा पुगेर पाण्डेले आफू उम्मेदवार नहुने बताएका हुन् । उनी २०७९ को चुनावमा बाजुराबाट निर्वाचित भएका थिए ।

पाण्डेले जेनजी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढंगले सम्बोधन गर्न नसकिएको अनुभूति भएकाले निर्वाचन नलड्ने जनाएका हुन् ।

त्यसअघि पाण्डे राष्ट्रिय सभा सदस्य थिए भने २०७० सालमा संविधानसभा सदस्य थिए।

काठमाडौंको क्षेत्र नम्बर १० मा लगातार तीन वटा चुनाव जितेका राजेन्द्रकुमार केसीले पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक वा राष्ट्रियसभामा निर्वाचन नलड्ने उनको भनाइ छ । पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्नुपर्ने भएकोले आफूबाटै यो कामको अगुवाइ गरेको केसीले बताए ।

केसी २०७०, २०७४ र २०७९ मा काठमाडौं १० बाट निर्वाचित भएका थिए ।

अर्का नेता जिपछिरिङ लामाले गृहजिल्ला दोलखाका नेता तथा कार्यकर्ताहरूलाई राखेर आफू निर्वाचन नलड्ने बताएका छन् । लामा २०६४ सालमा पहिलो संविधानसभामा सदस्य थिए । दोस्रो संविधान सभा निर्वाचन हुँदा २०७० सालमा उनी दोलखाबाट चुनाव लडे पनि पराजित भएका थिए ।

निर्वाचन नलड्ने घोषणा गर्नेमा पूर्व कृषिमन्त्रीसमेत रहेका धादिङ कांग्रेस सभापति रामनाथ अधिकारी पनि छन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा मन्त्री रहेका अधिकारीले भदौ २४ गते पदबाट राजीनामा दिएका थिए ।

अधिकारी २०७९ को प्रतिनिधि सभा चुनावमा धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

यो पनि पढ्नुहोस्

रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रवि लामिछाने अभिमुखीकरण कार्यक्रममा पुगे

२ घण्टा अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रविकाे सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भक्तिरसमा आधारित जय बाघ भैरव म्यूजिक भिडियाे सार्वजनिक

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथको तयारीमा जुट्याे

अनन्त ब. सहकारी संस्थाले वचत रकम फिर्ता दिन थाल्याे

रविकाे सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

एउटै बिषयमा सर्वोच्चका दुई आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक