काठमाडाैं । आईसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपालले बुधबार भएको अभ्यास खेलमा अमेरिकालाई १ सय ५४ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५३ रन बनायो ।
नेपालका लागि सम्झना खड्काले उत्कृष्ट अर्धशतकीय पारी खेलिन् । उनले २९ बलमा ९ चौकाको मद्दतमा ५४ रन बनाइन् । त्यस्तै, विन्दु रावल, रुविना क्षेत्रीले २०/२०, कप्तान इन्दु वर्माले अविजित ३४ र कविता जोशीले नटआउट २० रन जोडिन् ।


