बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाउने आदेश

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाउने आदेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाउने आदेश दिएको छ। यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कडा चेतावनी दिएका छन्। ट्रम्पले भनेका छन्, ‘यदि डेल्सी रोड्रिगेजले भेनेजुएलाका लागि अमेरिकाले उचित ठानेको काम गरिनन् भने उनको अवस्था मादुरोको भन्दा पनि बढी खराब हुन सक्छ।’

ट्रम्पले ‘द एटलान्टिक’ म्यागजिनलाई दिएको अन्तर्वार्तामा यो कुरा बताएका हुन्। यसअघि ट्रम्पले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रोड्रिगेजसँग कुरा गरेको र उनी भेनेजुएलाका जनताको जीवनस्तर सुधार्न अमेरिकाको अपेक्षाअनुसार काम गर्न तयार रहेको बताएका थिए।

‘न्यूयोर्क पोस्ट’ सँगको अन्तर्वार्तामा ट्रम्पले रोड्रिगेजले अमेरिकाको कुरा मानिन् भने भेनेजुएलामा अमेरिकी सेना तैनाथ गर्नुपर्ने आवश्यकता नपर्ने जनाएका थिए ।

रोड्रिगेजले निकोलस मादुरोलाई सत्ताबाट हटाइएकोमा आलोचना गर्दै अमेरिकालाई मादुरो फिर्ता पठाउन माग गरेकी छिन्।

ट्रम्पले आइतबार भेनेजुएला सञ्चालनका लागि एक विशेष टोली बनाइएको जानकारी दिएका छन् । यस टोलीमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पीट हेगसेथ र अन्य उच्च अधिकारीहरू समावेश हुनेछन्।

यो टोलीले भेनेजुएलामा शान्ति सुरक्षा कायम राख्न, सरकारी संस्थाहरूलाई पुन: सञ्चालनमा ल्याउन, तेल, ऊर्जा र सुरक्षा जस्ता महत्त्वपूर्ण क्षेत्रहरूलाई स्थिर बनाउन र संक्रमणकाल सम्हाल्न मद्दत गर्नेछ। ट्रम्पले यसका लागि अमेरिकाले उपराष्ट्रपति डेल्सी रोड्रिगेजसँग मिलेर काम गरिरहेको पनि जनाए।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई तत्काल रिहा गर्न माग गरेकी छिन्। उनले निकोलस मादुरो नै भेनेजुएलाको वैध र एक मात्र राष्ट्रपति भएको र उनलाई जबरजस्ती नियन्त्रणमा लिनु पूर्णतया गलत भएको जनाइन्।

डेल्सीले यो धारणा राष्ट्रिय रक्षा परिषद्को बैठकमा दिएकी हुन् । बैठकको सरकारी च्यानल ‘भीटीभी’ बाट प्रत्यक्ष प्रसारण गरिएको थियो। उनले मादुरो र उनकी पत्नीको गिरफ्तारीलाई ‘अपहरण’ को संज्ञा दिएकी छिन्।

अमेरिकी सैनिकहरूले ३ जनवरीको राति भेनेजुएलामा कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि उनीहरूलाई न्यूयोर्क ल्याइएको छ, जहाँ उनीहरूलाई हिरासतमा राखिएको छ। उनीहरूमाथि हतियार र लागुऔषध तस्करीसँग सम्बन्धित मुद्दाहरूमा कारबाही चलाइने बताइएको छ। उनलाई आज अमेरिकी अदालतमा प्रस्तुत गर्ने जनाइएको छ ।

 

यो पनि पढ्नुहोस्

अस्ट्रेलियामा आगलागीबाट घरहरू नष्ट

अस्ट्रेलियामा आगलागीबाट घरहरू नष्ट

८ घण्टा अगाडि
कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

पूर्व मुख्यसचिव पक्राउ

आनी नियुक्तको सूचना दिन आनाकानी

स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक