शुक्र, पुस ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), default quality

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दमौली । जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने  जनाए ।

योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली वा पोखरा जानुपर्ने बाध्यता अन्त्यका लागि हिमालय आँखा अस्पताल घारीपाटनसँग सम्झौता गरी केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले भने, “अब यहाँका स्थानीयवासीले आँखा उपचारका लागि अन्यत्र जानुपर्दैन । यहाँबाटै नियमित रूपमा उपचारको व्यवस्थाले सर्वसाधारणलाई सहज हुनुका साथै समय र खर्च बचत हुनेछ ।”

उपचार केन्द्र शुभारम्भको अवसरमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ । शिविरमा विभिन्न वडाका सर्वसाधारण उपचारका लागि आएका अस्पतालले जनाएको छ । केन्द्र सञ्चालनका लागि प्राविधिकसहित उपकरण हिमालय आँखा अस्पतालले उपलब्ध गराएको छ भने उपचारका लागि अन्य सहयोग म्याग्दे गाउँपालिकाले उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता अनुसार आँखा परीक्षण सेवाका लागि म्याग्दे गाउँपालिकाले हिमालय आँखा अस्पताललाई वार्षिक छ लाख उपलब्ध गराउनेछ भने बिरामीबाट सङ्कलित रकम गाउँपालिकाको आम्दानीका रूपमा रहने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार केन्द्रलाई प्रभावकारी एवं गुणस्तरीय रूपमा सञ्चालन गर्न आँखा उपचार केन्द्र सहयोग समिति गठन गरिनेछ । उक्त समितिको संयोजकमा थर्पु आधारभूत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुनेछन् भने सहसंयोजकमा अध्यक्षले तोकेको एक जना समाजसेवी हुनेछन् ।

त्यस्तै सदस्यहरूमा म्याग्दे-४ का वडाध्यक्ष, वडा नं ७ का वडाध्यक्ष, हिमालय आँखा अस्पतालका व्यवस्थापक तथा व्यवस्थापकले तोकेको एक जना व्यक्ति, म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख र सदस्य सचिवमा थर्पु अस्पतालका प्रमुख रहनेछन् ।

यो पनि पढ्नुहोस्

चिसोयाममा रोग प्रतिरोधात्मक क्षमता बढाउन समावेश गर्नुपर्ने यी खानेकुरा

चिसोयाममा रोग प्रतिरोधात्मक क्षमता बढाउन समावेश गर्नुपर्ने यी खानेकुरा

१ दिन अगाडि
सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम प्रभावकारी बन्दै

सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम प्रभावकारी बन्दै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विवाहमा “ग्वय् छ्वयेगु” सामाग्रीहरू पठाउने साइपाता बनाउने तालिम

ईश्वर पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित

चुनाव चिन्ह ‘बस’ उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीक : अन्सारी

विपिन जोशीको स्मृतिमा शालिक स्थापना गर्ने

घट्याे सुनको भाउ

रास्वपाकाे समानुपातिक उमेदवार नामावली सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक