शुक्र, पुस ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम प्रभावकारी बन्दै

धारणा न्यूज by धारणा न्यूज
४ दिन अगाडि
Reading Time: 1 min read
0
सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम प्रभावकारी बन्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम प्रभावकारी बन्दै गएको छ। गाउँपालिकाले सुरु गरेको यो अभियानले स्वास्थ्य सेवा नागरिकको घरआँगनसम्म पु¥याउँदै सचेतनाको स्तर बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।
गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार, समयमै स्वास्थ्य सम्बन्धी जानकारी नपाउँदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको विगतका अनुभवलाई मध्यनजर गर्दै कार्यक्रम अघि बढाइएको हो । “रोग लागेपछि मात्र अस्पताल जाने प्रवृत्तिलाई तोडेर रोग लाग्न नदिन र प्रारम्भिक अवस्थामै पहिचान गर्न यो कार्यक्रम ल्याएका हौं,” अध्यक्ष शाहले भन्नुभयो।
कार्यक्रम अन्तर्गत गाउँपालिकाका सबै ६ वटा वडामा अनमी, स्टाफ नर्स र अहेव गरी १२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। उनीहरूले मुटुरोग, मानसिक स्वास्थ्य समस्या, पाठेघर तथा स्तन क्यान्सर, गर्भवती महिला, सुत्केरी, ज्येष्ठ नागरिक, बालबालिका तथा किशोर–किशोरीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, परामर्श र सचेतनामूलक सेवा प्रदान गर्दै आएका छन् ।
जनस्वास्थ्य अधिकृत करम चौधरीले अभियानलाई अर्थपूर्ण र दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमको रूपमा व्याख्या गर्दै सम्पूर्ण वडामा स्वास्थ्यकर्मी परिचालन गरी तथ्याङ्क सङ्कलन र जनचेतना विस्तारको काम सुरु भइसकेको जानकारी दिनुभयो।
यसैबीच, कटकुइया स्वास्थ्य चौकीका इन्चार्ज दिनेश मौर्यले नरैनापुर मधेशी र मुस्लिम बाहुल्य क्षेत्र भएकाले सामाजिक र सांस्कृतिक कारणले केही चुनौती देखिए पनि अभियानलाई निरन्तरता दिन सके उल्लेख्य सफलता हासिल हुने विश्वास व्यक्त गर्नुभयो।
कटकुइया स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना क्षेत्री गुरुङले नरैनापुर–१ गाउँपालिकाकै सबैभन्दा चुनौतीपूर्ण क्षेत्रमध्ये एक भएको बताउँदै उहाँले भारतीय सिमा संग जोडिएकोले यहाँ चेतनाको स्तर अन्य वडाको तुलनामा निकै कम रहेको उल्लेख गर्नुभयो । “धेरै महिलाले गर्भधारणपछि आवश्यक ध्यान नदिने र समयमै स्वास्थ्य जाँच नगर्ने गरेको पाइन्छ, जसले आमा र बच्चा दुवैको ज्यान जोखिममा पार्ने गरेको छ,” उहाँले भन्नुभयो।
२४ घण्टा कटकुइया स्वास्थ्य चौकीमै बसेर निरन्तर सेवा दिँदै आउनु भएकी सामना क्षेत्री गुरुङ स्थानीय जनताको प्रिय स्वास्थ्यकर्मीका रूपमा परिचित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला महिलाहरू स्वास्थ्य चौकी आउन डराउँथे, अहिले बिस्तारै विश्वास बढ्दै गएको छ । घरदैलो अभियानले गर्भवती र सुत्केरी महिलालाई ठूलो फाइदा पुगेको छ।”
चेतना क्रमशः बढ्दै गएको उल्लेख गर्दै उहाँले थप्नुभयो, “आज भोलि आफैं फोन गरेर जाँचका लागि बोलाउने अवस्था आएको छ, यही परिवर्तन हाम्रो अभियानको सफलता हो ।”
वडा नं. १ का वडा अध्यक्ष इसाक जोलाहले सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रमले दुर्गम र पछाडि पारिएका समुदायसम्म स्वास्थ्य सेवा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
“हाम्रो वडा सामाजिक र भौगोलिक रूपमा चुनौतीपूर्ण छ। धेरै नागरिक अझै पनि सामान्य स्वास्थ्य समस्यामा समेत स्वास्थ्य संस्थामा पुग्न सकिरहेका छैनन्,” उहाँले भन्नुभयो, “घरदैलो कार्यक्रममार्फत स्वास्थ्यकर्मी आफैं नागरिकको घरसम्म पुगेपछि सेवाप्रति विश्वास बढेको छ र स्वास्थ्य परीक्षणतर्फको पहुँच सहज बनेको छ ।”
वडा अध्यक्ष जोलाहले विशेषगरी गर्भवती, सुत्केरी महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि यो अभियान अत्यन्तै उपयोगी रहेको उल्लेख गर्दै कार्यक्रमलाई निरन्तरता दिन सके वडाको समग्र स्वास्थ्य अवस्था उल्लेख्य रूपमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीयवासीहरू पनि स्वास्थ्यकर्मीको सक्रियता र निरन्तर उपस्थितिले आफूहरू सुरक्षित महसुस गर्न थालेको बताउँछन्। गाउँपालिकाले यो अभियानलाई अझ विस्तार गर्दै दीर्घकालीन स्वास्थ्य सुधारको आधार बनाउने तयारी गरेको छ।

यो पनि पढ्नुहोस्

आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा

आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा

५ घण्टा अगाडि
चिसोयाममा रोग प्रतिरोधात्मक क्षमता बढाउन समावेश गर्नुपर्ने यी खानेकुरा

चिसोयाममा रोग प्रतिरोधात्मक क्षमता बढाउन समावेश गर्नुपर्ने यी खानेकुरा

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

न्यायको लडाइँ बाँकी

चुनाव चिन्ह ‘बस’ उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीक : अन्सारी

विपिन जोशीको स्मृतिमा शालिक स्थापना गर्ने

घट्याे सुनको भाउ

रवि पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने

रास्वपाकाे समानुपातिक उमेदवार नामावली सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक