बुध, फाल्गुन २०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

हेटौंडा उपमहानगरपालिकाको मुख्यबजारमा चल्याे डाेजर

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
हेटौंडा उपमहानगरपालिकाको मुख्यबजारमा चल्याे  डाेजर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
मकवानपुर ।  हेटौंडा उपमहानगरपालिकाको मुख्यबजार क्षेत्रको सडक विस्तारकाे नाउँमा डाेजर चलेकाे छ।
सडक डिभिजन हेटौंडाले आज  बिहानै  ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर सडक डिभिजन हेटौंडाले सडक सीमाको केन्द्ररेखादेखि २५/२५ गज (७५/७५ फिट) भित्र यसअघि नै रेखांकन गरिएका घरटहरा र संरचनाहरू भत्काएको सुरु गरिएकाे हाे ।

महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको ८ दशमलव ५ किलोमिटर सडक विस्तार हुँदैछ ।

सडक डिभिजनले आज बिहान हेटौंडा–४, स्थित कर्रा चोक, मेनरोड, बुद्धचोक, राप्तिरोड, पिपलबोट हुँदै चौकिटोल क्षेत्रका सडक सीमाभित्र निर्मित घरटहरा र संरचना भत्काएको छ ।

सडक विस्तारका लागि घरटहरा र संरचना भत्काउन आधा दर्जन बढी ठूला उपकरण प्रयोग गरिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सयौंको संख्यामा जनपथ र सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

सडक डिभिजनले गत ५ मंसिरमा महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमाभित्रका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिँदै सूचना निकालेको थियो । साे अल्टिमेटम शुक्रबार सकिएसँगै आज बिहानबाट सुरू गरेको थियो ।

सडक डिभिजनले रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म गरेर ५ सय ३१ वटा निर्मित घर, टहरा तथा अन्य संरचना भत्काउनुपर्ने जनाएको छ ।

सडकको केन्द्रबिन्दुबाट २५/२५ गजभित्र सडकको दायाँतर्फ २ सय ३४ वटा र बायाँतर्फ २ सय ९७ वटा घर, टहरा र संरचना भत्काउनुपर्ने देखिएको सडक डिभिजन प्रमुख गुरूप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले हिजै शुक्रबार मात्र हेटौंडाको सडक विस्तार सम्बन्धी सूचना कार्यान्वयन नगर्न उत्प्रेषण आदेश दिएको थियो । पूर्वसांसदसमेत रहेकी विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलाशले सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भन्दै सडक डिभिजन कार्यालय हेटौंडाको नाममा आदेश दिएको हो । आदेश आइनसकेको भन्दै सडक डिभिजनले शुक्रबार साँझ सडक विस्तार नरोकिनेबारे अत्यन्त जरूरी सूचना निकालेर बिहानदेखि सडक विस्तार जारी राखेको थियाे ।

यो पनि पढ्नुहोस्

निर्वाचनकाे अन्तिम तयारी

निर्वाचनकाे अन्तिम तयारी

१ घण्टा अगाडि
बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनको मूल्यमा गिरावट

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसाईं पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी

दाउरा थकालीमा आगलागी

चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ

मोरङ र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु निष्क्रिय

इरानले अमेरिकासँग वार्ता नगर्ने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक