बुध, फाल्गुन २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

अन्तरिक्षको यात्रा नगरी आफ्नो नाम चन्द्रमाको कक्षसम्म पुर्‍याउन सकिने

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
अब अन्तरिक्षमै बसेर प्रदूषणको मापन गर्न सकिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । यदि तपाईं आकाशतर्फ हेर्दा चन्द्रमामा हराइरहनुहुन्छ, अन्तरिक्षका रहस्य कल्पेर रोमाञ्चित बन्नुहुन्छ र खगोल विज्ञानप्रति जिज्ञासु हुनुहुन्छ भने तपाईंका लागि विशेष खुसीको खबर छ ।

अमेरिकी अन्तरिक्ष संस्था नासाले एउटा यस्तो अवसर दिएको छ, जहाँ तपाईं भौतिक रूपमा अन्तरिक्षको यात्रा नगरी आफ्नो नाम भने चन्द्रमाको कक्षसम्म पुर्‍याउन सक्नुहुनेछ ।

नासाले आफ्नो बहुप्रतीक्षित आर्टेमिस–२ मिसन अन्तर्गत आम सर्वसाधारणका लागि यस्तो अनौठो कार्यक्रम सार्वजनिक गरेको छ । सो कार्यक्रममा सहभागी हुने जो-कोहीले आफ्नो नाम अनलाइन दर्ता गरी नासाको अन्तरिक्षयानसँगै चन्द्रमासम्म पठाउन सक्नेछन् ।

यसरी पुग्छ चन्द्रमासम्म नाम ?

नासाका अनुसार दर्ता गरिएका सबै नामहरू एउटा डिजिटल मेमोरी कार्डमा सुरक्षित गरिनेछ । त्यो कार्ड ओरायन अन्तरिक्षयानमा राखिने छ र आर्टेमिस–२ मिसनसँगै चन्द्रमाको कक्षसम्म पुग्नेछ । यसरी सहभागीको नाम एउटा ऐतिहासिक अन्तरीक्ष यात्राको हिस्सा बन्न पाउनेछ ।

सबैभन्दा रोचक पक्ष के छ भने यस कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्दैन । दर्ता प्रक्रिया पूरा गरेपछि नासाले सहभागीलाई डिजिटल ‘बोर्डिङ पास’ समेत प्रदान गर्नेछ, जसलाई सम्झनाका रूपमा डाउनलोड गरी सुरक्षित राख्न सकिन्छ ।

यसरी सहभागी जनाउन सकिने ?

यदि तपाईं पनि आफ्नो नाम चन्द्रमासम्म पठाउन चाहनुहुन्छ भने अमेरिकी अन्तरिक्ष संस्था नासाको आधिकारिक वेबसाइटमा गएर नाम दर्ता गर्न सक्नुहुन्छ । यो प्रक्रिया सरल छ र केही मिनेटमै पूरा हुन्छ ।

विज्ञान प्रेमीका लागि ऐतिहासिक अवसर

यो कार्यक्रम केवल नाम पठाउने औपचारिक प्रक्रिया मात्र होइन कि नासाको सबैभन्दा महत्वाकांक्षी चन्द्रमा परियोजनामा जनताको सहभागिताको प्रतीक हो । विज्ञानलाई केवल प्रयोगशालाको सीमामा नराखी आम मानिससम्म जोड्ने नासाको प्रयास यसबाट प्रष्ट देखिन्छ ।

पछिल्ला वर्षहरूमा अन्तरिक्ष अनुसन्धान पुन: विश्वकै ठूलो प्रतिस्पर्धाको केन्द्र बनेको छ । अमेरिका, चीन, रुस, भारत जस्ता मुलुक चन्द्रमा र मंगल अभियानमा तीव्र गतिमा अघि बढिरहेका छन् । यस्तो सन्दर्भमा नासाको आर्टेमिस कार्यक्रम मानव जातिलाई पुन: चन्द्रमामा पुगाउने मात्र होइन दीर्घकालीन रूपमा मंगल ग्रहसम्म पुग्ने आधार तयार गर्ने अभियानको रूपमा रहेको विश्लेषण गरिएको छ ।

आर्टेमिस–२ के हो ?

आर्टेमिस–२ नासाको चन्द्रमा अभियानको दोस्रो मानवयुक्त चरण हो । यस मिसन अन्तर्गत ओरायन अन्तरिक्षयानलाई आगामी ५ फेब्रुअरी २०२६ मा प्रक्षेपण गर्ने लक्ष्य राखिएको छ । यस यात्रामा चारजना अन्तरिक्षयात्री सहभागी हुनेछन् । जसमा क्रिस्टिना कोच, रिड वाइजम्यान, विक्टर ग्लोभर र जेरेमी ह्यान्सेन रहनेछन् ।

यी अन्तरिक्षयात्रीहरूले करिब १० दिन चन्द्रमाको कक्षमा परिक्रमा गर्नेछन् । यस अवधिमा अन्तरिक्षयानका सबै प्रणालीहरूको गम्भीर परीक्षण हुनेछ, जसले भविष्यको मानव अवतरणका लागि प्रविधिक तयारी सुनिश्चित गर्नेछ ।

मंगल ग्रहसम्मको सपना

आर्टेमिस अभियान केवल चन्द्रमासम्म सीमित छैन । नासाको दीर्घकालीन लक्ष्य मानवलाई मंगल ग्रहसम्म पुर्‍याउनु  हो। चन्द्रमा त्यस यात्राको अभ्यास मैदान जस्तै मानिन्छ जहाँ प्राविधिक चुनौती, अन्तरिक्षमा लामो समय बस्ने अनुभव र स्रोतको उपयोग कसरी गर्ने भन्ने कुरा परीक्षण गरिन्छ ।

 

यो पनि पढ्नुहोस्

सरकारलाई पाकिस्तानले दियाे बधाई

सरकारलाई पाकिस्तानले दियाे बधाई

२१ घण्टा अगाडि
मोदीले रवि र बालेनलाई दिए बधाई

मोदीले रवि र बालेनलाई दिए बधाई

२२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

अमर बहादुर मालीकाे ‘ज्ञानमाला संगीत सन्ध्या २०८२’ हुने

यस्ताे छ आजकाे माैसम

ग्यास अभाव झन् चुलिँदै

सुर्ती उद्योग हस्तक्षेपविरुद्ध महिला नेतृहरू एकजुट हुनुपर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक