काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भेट्न जेनजी अभियन्ता सुदन गुरुङ नख्खु कारागार पुगेका छन् । वैकल्पिक शक्तिहरू बीच एकताका लागि वार्ता गर्न आफू रवि भेट्न गएको गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
रवि लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार गुरुङले आज २ बजेका लागि सभापति लामिछानेसँग भेट गर्न समय माग गरेका थिए ।
गुरुङको आग्रह र लामिछानेको सहमति पछि भेट तय भएको आचार्यले जानकारी गराए ।
जेनजी अभियन्ता गुरुङले बालेन र कुलमानको एकता पछि अब रवि लामिछानेसँग पनि वैकल्पिक शक्तिबीच एकताका लागि वार्ता गर्न लागेको बताएका छन् । सबै वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याउन आफूले गरेको बाचाअनुसार वार्ता गरिरहेको पनि गुरुङले जनाएका छन् ।


