आइत, कार्तिक ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमाले बागमतीको अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधि चयनको सकस

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
एमाले बागमतीको अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधि चयनको सकस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौ । नेकपा एमाले बागमती प्रदेशको अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधि चयनको सकस देखिएको छ ।

तर सर्वसम्मतिबाटै टुंग्याउने भनेर निर्वाचन प्रक्रिया अगाडि बढाइएको छैन । ‘केही जिल्लामा सर्वसम्मतिले महाधिवेशन प्रतिनिधि चयन गरिसकेका छौ । कतिपय जिल्लामा निर्वाचन भइरहेको छ,’ बागमती प्रदेश उपसचिव भक्तकुमारी लामा भन्छिन्, ‘सकेसम्म आजै प्रतिनिधि टुंग्याउनेगरी सर्वसम्मतिको प्रयत्न भइरहेको छ ।’

उनका अनुसार नुवाकोट, सिन्धुली, रामेछाम, चितवन, काठमाडौं, धादिङ र भक्तपुर–१ मा सर्वसम्मतिका निम्ति प्रयास भइरहेको छ । त्यहाँ जिल्ला इन्चार्जहरुले सर्वसम्मतिबाट नाम टुंग्याउने भनेर जिम्मेवारी लिएका छन् ।

‘जिल्ला इन्चार्जहरुले जिम्मेवारी लिनुभएको छ,’ लामा भन्छिन्, ‘सर्वसम्मति नभए भोलि मतदान हुन्छ ।’  सिन्धुपाल्चोकको दुवै क्षेत्र, ललितपुरको तीन वटै निर्वाचन क्षेत्र, मकवानपुर–१ मा भने मतदान भएको छ ।

मकवानपुर–२ मा भने सर्वसम्मति भएको छ । भक्तपुर–२ मा पनि सर्वसम्मतिबाट प्रतिनिधि टुंग्याइएको छ । काठमाडौं–१० को प्रतिनिधि सर्वसम्मत भएपनि बाँकी ९ वटा क्षेत्रहरुमा छलफल चलिरहेको छ । सहमति नजुटे मतदान गर्ने तयारीमा रहेकाे छ ।

दोलखा, काभ्रे र रसुवा जिल्लाले भने सर्वसम्मतिबाट प्रतिनिधि छानेको छ । सर्वसम्मति जुटाउँदा बरिष्ठ नेताहरुलाई प्राथमिकता दिएर भागबण्डा गर्ने विधि अपनाइएको देखिन्छ । धेरै प्रतिनिधि रहेको काभ्रेमा भागबण्डा भएको थियो ।

सर्वसम्मति भनेर महाधिवेशन प्रतिनिधि छनोट हुन बाँकी क्षेत्रहरुमा पनि शक्ति–सन्तुलन मिलाउने प्रयास नै देखिन्छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहलाई शक्ति–सन्तुलन मिलाएर प्रतिनिधि चयन गरिरहेका छन् ।

एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन गरिरहेको छ । एउटा क्षेत्रमा १२ सय पार्टी सदस्यलाई आधार मानेर त्यसबाट दुई महिला, एक युवा र दुई खुला प्रतिनिधि चयन गरिरहेको छ । त्यसपछि थप ८ सय पार्टी सदस्य बराबर एक सदस्य थपिने, र शेष संख्यामा भने चार सय पुगे अर्को सदस्य आउनेगरी प्रतिनिधि चयन भइरहेको छ ।

प्रतिनिधि सभा क्षेत्रहरुमा प्रतिनिधि चयनको सकस भइरहदा प्रदेश कमिटीबाट भने सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । पदाधिकारीलाई नै प्राथमिकता दिएर प्रतिनिधि चयन गरिएको छ ।

प्रदेश अध्यक्ष कैलाश ढुंगेल, उपाध्यक्ष दावा लामा, सचिव नवराज सिलवाल, उपसचिव भक्तकुमारी लामा र महिला तर्फ गंगादेवी श्रेष्ठ सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।

बागमती प्रदेशबाट चयन हुने मजदुर तर्फका प्रतिनिधिहरु पनि सर्वसम्मत भएका छन् । रामहरी नेपाल, अर्जुन अर्याल, गोपाल कार्की, फुलमाया लामा, ठाकुर कुमार श्रेष्ठ, पूर्णकुमारी कार्की र शान्ति थापा कार्की निर्विरोध प्रतिनिधि चुनिएका हुन् ।

यो पनि पढ्नुहोस्

विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित

आज कोजाग्रत पूर्णिमा

१ मिनेट अगाडि
नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

म्याग्दीको सडक पुनर्निर्माण गर्न नौ करोड रुपैयाँ लाग्ने

नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा छैन इजरायल

प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले भारतसँग राम्रो सम्बन्ध चाहेकाे छ: अर्थमन्त्री

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक