मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

म्यूजिक भिडियाे ‘बित्छ बिहान आमाको’ सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
म्यूजिक भिडियाे  ‘बित्छ बिहान आमाको’ सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत ‘बित्छ बिहान आमाको’ सार्वजनिक भएको छ । डा.यज्ञश्वर निरौलाको प्रमुख आतिथ्यतामा बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ठ गायिका ज्ञानु राणाको स्वरमा रहेको गीत महाकाव्यकार दाहालको कृति ‘योद्धा’मा रहेको काव्यलाई कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत गर्नुभएको हो ।

मिलापको आयोजनामा साहित्यकार लेखनाथ पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा गीता अधिकारीले स्वागत मन्तव्य राख्दै मिलापका पछिल्ला कार्यको चर्चा गर्नुभएको थियो । कीर्तिमानी संगीतकार श्रेष्ठले काव्यबाट लिएको हुनाले आफूहरूले छन्दभंग नहुने गरी गीत तयार पारिएको जानकारी गराउनुभयो ।

डा.बुनु दाहालले महाकाव्यकार दाहालका कृतित्व र व्यक्तित्वका बारेमा आफू परिचित रहेको बताउँदै उहाँका साहित्य सिर्जनाको विशिष्ठ गुण रहेको आफूले पाएको बताउनुभयो । यस्तै, विशिष्ठ कलाकार उत्तम केसीले गीतका शब्द अत्यान्तै मार्मिक रहेको बताउँदै ‘आमा’ शब्दमा रचना गरिएको गीत उत्कृष्ट रहेको जिकिर गर्नुभयो । गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले साहित्यमा एउटा उचाइ प्राप्त गर्नुभएको व्यक्त दाहाल गीतकारका रूपमा पनि त्यतिकै सशक्त रहेको आफूले पाएको धारणा राख्नुभयो ।

जनकविकेशरी धर्मराज-सावित्री थापा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन थापाले गीतको समीक्षा गर्दै एउटा उत्कृष्ट गीत श्रोता÷दर्शकमाझ आएको बताउनुभयो । पछिल्लो समय यस्ता शब्दमा गीत नआउने गरेको गुनासो गर्दै वरिष्ठ गायिका राणाले महाकाव्यकार दाहालका उत्कृष्ट शब्द रचना रहेको जिकिर गर्नुभयो । महाकाव्यकार दाहालले आफूले ‘योद्धा’ काव्यमा समावेश गरेका पंक्तिलाई सन्तोष र ज्ञानु दिदीको सहकार्यमा यो गीत रकेर्ड गरिएको बताउनुभयो । ‘योद्धा’ काव्य कसरी तयार भयो भन्ने सन्दर्भ उहाँले प्रस्तुत गर्नुभयो ।

मिलापका सम्पादक कृष्ण भुसालले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि डा.निरौलाले ‘योद्धा’ काव्यको चर्चा गर्नुभयो । उहाँले महाकाव्यकार दाहालका कृतित्व र व्यक्तित्वको बारेमा आफ्ना भनाइ राख्नुभएको थियो । संगीत र काव्यको सजीव संयोजनले तयार भएको ‘बित्छ बिहान आमाको’ केवल आमाप्रतिको प्रेममात्र नभएर, नेपाली साहित्य र संगीतको साझा पहिचानको प्रतीक बन्न सफल भएको डा.निरौलाको भनाइ थियो । ‘योद्धा’ काव्यलाई महाकाव्यका रूपमा ल्याउन उहाँको सुझाव थियो ।

राजु कार्कीको संगीत संयोजन ‘बित्छ बिहान आमाको’मा दिल समर्पणको संगीतसञ्चयन, प्रकाश मिश्रको संगीत सम्पादन छ । अकस्टिक नेपाल संगीतसञ्चयन कक्ष रहेको यो गीतको भिडियोलाई त्यही नै राजन खरेलले सम्पादन गर्नुभएको हो ।
महाकाव्यकार खेमनाथको विसं २०६० सालमा प्रकाशित काव्य कृति हो ‘योद्धा’ । यसै योद्धाबाट केही दिनअघि ‘लाली गुराँसको साटो’ गीत सन्तोषको स्वर र संगीतमा सार्वजनिक भएको थियो । यस्तै, उहाँको ‘स्वेतपत्र’ महाकाव्यबाट पनि सन्तोषको स्वर र संगीतमा ‘बुद्धको देश नेपाल’ श्रोता/दर्शकमाझ आएको छ ।

लाब्री, तेह्रथुमका साहित्यकार खेमनाथ दाहालका ‘श्वेतपत्र’ (महाकाव्य), ‘रश्मि’ (खण्डकाव्य) तथा ‘श्रद्धाञ्जलि, योद्धा, हावर्डको चौतारीमा, म त बन्दी भएको छु’ जस्ता कवितासंग्रह प्रकाशित छन् । यस्तै उहाँका ‘यात्राको सिकर्नी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास र ‘सिर्जनामा दृष्टि’ भूमिकासंग्रह जस्ता कृति पाठकमाझ आएका छन् ।

 

यो पनि पढ्नुहोस्

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

१ दिन अगाडि
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक