काठमाडौं । पर्सा, पर्सागढी नगरपालिका-७ रघुनाथपुरस्थित उखु खेतमा सोही ठाउँ बस्ने ४८ वर्षीया हसनतारा खातुन सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
कास्की, पोखरा महानगरपालिका-११ तुल्सीमार्ग चौपारीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-२६ बुढीबजार डेरा गरी बस्ने भारत उत्तरखण्ड घर भएका ६५ वर्षीय दिनेश जोशी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-३ जितखोरास्थित सडक छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


