काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका-७ बेलहरी बस्ने ४० वर्षीय दिल बहादुर चौधरी घर नजिकै रहेको कुलोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
पर्सा, वीरगंज महानगरपालिका-२८ बगही सितुवार टोल छठीघाटको पोखरीमा बारा, विश्रामपुर गाउँपालिका-५ मुसरवा बस्ने कनही शाहको छोरा १२ वर्षीय शनि कुमार साह शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, कमल गाउँपालिका-२ सगरमाथा टोलस्थित गाई गोठमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


