काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य स्थिर रहेको छ।
केही दिनयता निरन्तर घट्दै आएको सुनको मूल्य आज पनि अघिल्लो दिनको स्तरमै अडिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ मा कारोबार भएको सुन आज पनि सोही दरमा कारोबार भइरहेको छ ।
पछिल्ला केही सातादेखि अन्तर्राष्ट्रिय बजारमा उतारचढाव देखिए पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहनु सकारात्मक संकेतका रूपमा लिइएको छ। त्यस्तै, चाँदीको मूल्यमा भने आज सामान्य वृद्धि भएको छ ।
आइतवार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३ हजार ६० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
सुन र चाँदीका मूल्यहरू प्रायः अन्तर्राष्ट्रिय बजारका उतारचढाव र अमेरिकी डलरको विनिमय दरसँगै चल्ने गर्छन्। हालको स्थिरताले बजारमा केही राहत मिलेको व्यवसायीहरूको धारणा छ।


