बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सरकार चुनावमा केन्द्रित

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
मतदाता नामावलीमा नाम दर्ता गरेर मताधिकार सुनिश्चित गर्न आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार चुनावमा केन्द्रित रहेको जनाएकी छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित त्रिपक्षीय संवादमा समापन मन्तव्य राख्दै उनले प्रत्येक दिन छलफल र गृहकार्य गर्ने प्रतिवद्धता पनि जनाइन् । उनले भनेकी छने, ‘कामको प्रगतिविवरण लिन्छौँ, समस्याहरु फुकाउन लागिपरेका छौँ ।  अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै छौँ, आत्मविश्वास उठाउँदै छौँ।’

उनी थप्छिन्, ‘प्रहरीको मनोबल पनि बढ्छ। भागेका कैदीबन्दीहरू पनि समातिन्छन्।’

विगतमा मनोबल गिराउन लागेकाहरू अहिले मनोबलको कुरा गरिरहेको भनेर उनले कटाक्ष पनि गरिन ।

‘३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु’, उनले भनेकी छन्, ‘भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौँ? तर, हामी मनोबल उठाउन लागेका छौँ, उठ्छ। किनकि, हामी सपार्ने दिशामा छौँ।’

त्रिपक्षीय छलफलमा उठेका विषय स्मरण गर्दै उनले भनेकी छन्, ‘अब यहाँ विदेशीको कुरा पनि आयो। विदेशीले हस्तक्षेप गर्छ, यो गर्छ, त्यो गर्छ भन्ने कुरा पनि आयो। तर, यो तर्साउने हतियार मात्र हो। यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन।’

उनका अनुसार राजदूतसँग सिंहदरबारमा भेट्ने गरिएको छ, बालुवाटारमा भेटिएको छैन । हालसम्म शिष्टाचार भेट मात्र भएको उनले जनाइन् । उनले थपेकी छन्, ‘काम विशेषले हुने भेट मन्त्रीज्यूहरूले गर्नुभएको छ। हामीलाई कुनै विदेशीले खोजेको पनि छैन। त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो।’

आलोचनाप्रति भने उनले रोष प्रकट गरिन् । ‘यहाँ अनौठो चलन देखियो भने काम गर्न नदिने, अनि बातैपिच्छे काम गरेन भन्ने’ उनले भनेकी छन्, ‘हामी प्रयास गरिरहेका छौँ। हामी रोकिँदैनौँ। जतिसुकै बाधा र अवरोधहरू भए पनि फुकाउँदै अघि बढ्छौँ।’

त्रिपक्षीय छलफलमा न्यायाधीश मन्त्री हुन पाउने कि नपाउने भनेर समेत उठेको थियो । साथै कार्कीले विगतमा प्रतिनिधि विघटनको विषयमा आफ्नो धारणा राखेको र त्यसअनुसार अहिले विघटन नभएको विषय एमालेका नेता महेश बर्तौलाले उठाएका थिए ।

जवाफ दिँदै कार्कीले भनेकी छन्, ‘यहाँ न्यायाधीशका कुरा पनि उठे। संसद विघटनमा भएका निर्णयका पनि कुरा आए। के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले रोकेको छ? न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानमा लेखेको छ?’

प्रधानमन्त्री कार्कीको प्रश्न छ, ‘भारतमा न्यायाधीशहरू सांसद, मन्त्री भएका छन्। यहाँ यो असामान्य परिस्थितिमा हुँदा किन प्रश्न? अचम्म छ।’

न्यायाधीश मन्त्री भएको विषयमा अनावश्यक प्रश्न गर्न आवश्यक नरहेको पनि दोहोर्‍याइन् । उनले भनिन् ।

‘अनिलजी (अनिलकुमार सिन्हा) लाई अनुरोध गरेर ल्याएको (मन्त्री बनाएको) हुँ। उहाँजस्तो इमानदार र बझेको मान्छे हुँदा धेरै काम सहज भएको छ।’

सरकारले के गर्‍यो वा गरेन भनेर आलोचना गर्नु अगाडि केके काम गर्दैछन् भनेर नियाल्न उनको आग्रह छ ।

‘हेर्दै जानुहोस्, हामीले केके गर्दै छौँ? हिजो थन्क्याएका फाइल खुलाउँदै छौँ। कति त समातिसकेका छन्। कतिलाई समात्दै छौँ।’ प्रधानमन्त्री कार्कीले भनेक छन्, ‘यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु। त्यो दृढताका साथ हामी अघि बढेका छौँ।’

चुनाव गराउने दृढता

जे जस्तो आलोचना भएता पनि चुनाव गराउने उनको दृढता छ ।

‘कहिलेकाहीँ त लाग्छ, हाम्रो नेपाली समाज कुरैकुरामा मात्र बाँचेको छ। काम गर्नु छैन। अरू देशमा राजनीति गर्नेले खेती पनि गर्छ। तर, यहाँ राजनीति मात्र गरेको छ। राजनीति गरेरै आर्यघाट जाने ?’ उनले भनेकी छन् ।

तर, आफ्ना प्रष्ट रहेको उनको जवाफ छ, ‘मैले गोली लागेका ती रक्ताम्य युवा देखेको छु। गोलीको वर्षा भइरहेको त्यो जनसागरबीच नारा लगाइरहेका ती युवाको त्यसबेलाको भावभंगी देखेको छु। म त्यही सम्झेर काम गर्छु। मेरो प्रतिबद्धता यही छ।’

चुनाव गराउने दृढता व्यक्त गर्दै उनले थपिन्, ‘म पहिलादेखि लडाकु हुँ। मेरा परिवारका अरु सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ। हामी डराउँदैनौँ। भनेको पुर्याउँछौँ।’

रहरले नेतृत्व नलिएको भनाइ

आफूले रहरले मुलुकको नेतृत्व नलिएको प्रधानमन्त्री कार्कीको भनाइ रहेको छ ।

‘म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, मेरो विधा परेन भनेकी थिएँ। म यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ।’ उनले भनेकी छन्

यो पनि पढ्नुहोस्

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक

१८ मिनेट अगाडि
अमेरिकी सेनाका क्याम्प रहेका खाडी मुलुकलाई लक्षित गरी आक्रमण जारी

अमेरिकी सेनाका क्याम्प रहेका खाडी मुलुकलाई लक्षित गरी आक्रमण जारी

३१ मिनेट अगाडि

‘म त्यसरी हिँड्दा देशलाई यस्तो अफ्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो’ कार्कीले भनेकी छन्, ‘जेनजी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो। प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रुनु पनि भयो।’

त्यसबेला आफूले निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएको उल्लेख गर्दै उनले भनिन्, ‘ती घाइतेहरूको अनुहार हेरेँ। मेरो साथमा जनता छन्, मैले केही गर्नैपर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ।’

सरकार सहिद परिवार, घाइते र प्रत्येक परिवर्तनकामी नेपाली युवाको आवाज सम्बोधन गर्न लागिपरेका उल्लेख गर्दै उनले भनिन्, ‘बलिदानी दिने सहिदका परिवार अनि घाइतेलाई पनि अलपत्र पार्दैनौँ। बोलेको पुर्‍याउँछौँ।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

विशिष्टको सेवा सुविधाले सरकारी कोष खाली

यस्ताे छ आजकाे माैसम

वरिष्ठ पत्रकार सुरेश किरणको निधन

चीनको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक