काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकी र डिल्लीबजार मालपोत कार्यालयलाई अनुदान सहयोग उपलब्ध गराउने प्रस्ताव पारित गरेको ।
शुक्रबार बसेको महानगरको कार्यपालिका बैठकले यस्तो प्रस्ताव पारित गरेको हो
बैठकमा वातावरण व्यवस्थापन विभागले प्रस्तुत गरेका तीनवटा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरिएका छन् ।तीमध्ये वडा नम्बर ५ टंगालस्थित व्यावसायिक भवन निर्माण तथा सञ्चालन, वडा नम्बर १ दरबारमार्गस्थित शेर्पा मल भवन निर्माण तथा सञ्चालन र वडा नम्बर १ कै नक्सालस्थित कुमारी बैंकको संस्थागत भवन निर्माण तथा सञ्चालनका प्रस्तावहरू स्वीकृत भएका हुन् । साथै, महानगर अस्पतालका लागि जग्गा लिजमा लिने सम्बन्धी जानकारीसमेत बैठकमा प्रस्तुत गरिएको थियो ।
आजको बैठकमा विभिन्न विभागका कार्यगत प्रस्तावहरूमा छलफलपछि १४ विभागीयसहित १५ वटा प्रस्ताव पारित गरिएको महानगरले जनाएको छ ।


