बुध, अशोज ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हमासद्वारा बन्धक बनाइएका बन्दीहरूको रिहाइ हुने पक्का

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
हमासद्वारा बन्धक बनाइएका बन्दीहरूको रिहाइ हुने पक्का
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अविश्वसनीय रुपमा हमास र इजरायल बिच सम्झौता भएपछि हमासद्वारा बन्धक बनाइएका बन्दीहरूको रिहाइ हुने पक्का भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावलाई दुवैले सकरात्मक रुपमा लिँदै सम्झौता गरेपछि जीवित र मृत सबै बन्धकहरु रिहाइ हुँदैछन्।

यस्तोमा इजरायलबाट हमासको अपहरणपछि बन्धक बनाइएका नेपालका विपिन जोशीसहित २२ बन्दकहरू जीवितै रहेको विश्वास इजरायलले गरेको छ। बन्धीहरु रिहाइ हुने भएपछि तेलअभिभ लगायत इजरायली शहरुमा लाखौं मानिसहरुले चाँडो रिहाइका लागि प्रदर्शन गरेका छन्। साथै यो सम्झौतामा खुसी समेत साँटेका छन्। उनीहरुले दीर्घकालीन शान्तिका लागि जोड दिएका छन्।

एपीको समाचारलाई उदृत गर्दै वासिङ्गटन पोस्टले विपिनसहित २२ बन्दीहरू जीवितै रहेको विश्वास इजरायलको रहेको उल्लेख गर्दै समाचार लेखेको छ। समाचार जीवित ठानिएका २२ जना बन्दीहरूको संक्षिप्त परिचय पनि उल्लेख गरिएको छ।

इजरायलको तेल अभिभमा रहेका एपीका रिपोर्टरहरु मेलानी लिडम्यानले अर्का पत्रकार स्याम मेट्जको सहयोगमा तयार पारेको समाचारलाई पोस्टले महत्त्वका साथ प्रकाशन गरेको छ। नेपालका २४ वर्षीय विपिन पनि जीवितै रहेको इजरायली विश्वासका केही आधारहरू प्रस्तुत गरिएको छ। तर उनको अवस्था यसअघि अज्ञात भनिएको थियो।

गाजामा पछिल्लो युद्धविराम शुक्रबारदेखि लागु भएको छ। करिब दुई वर्ष लामो विनाशकारी युद्धपछि शान्ति तर्फको यो ठुलो कदमका रुपमा हेरिएको छ। यो युद्ध हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको थियो, जसमा करिब १,२०० इजरायमा रहेका १२०० जना मारिएका थिए भने २५१ जनाको अपहरण भएको थियो।
त्यस्पछि इजरायलले गरेको जवाफि आक्रमणमा परी ६७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। साथै गाजा सिटी ध्वस्त जस्तै बनेको छ। करिब २० लाख जनसंख्या भएको गाजामा ९० प्रतिशत भन्दा बढी मानिस विस्थापित भएका छन्।

विभन्न समयमा विचबिच बन्धकहरु रिहाइ हुँदै आउँदा अहिले गाजामा ४८ जना बन्धकहरू रहेका छन्, जसमा अघिल्लो युद्धमा मारिएका एक सैनिकको शव पनि समावेश रहेको जनाइएको छ। इजरायलले कम्तीमा २५ जना बन्धकहरू ७ अक्टोबर २०२३ मा मारिएको वा बन्दी अवस्थामा मृत्यु भएको जनाएको छ। यसअघि करिब २० जना जीवित रहेको दाबि गरिएको थियो।

शुक्रबार युद्धविराम सुरु भएपछि बाँकी बन्धकहरूलाई ७२ घण्टाभित्र फिर्ता गरिने अपेक्षा गरिएको छ। यसको बदलामा इजरायलले करिब २,००० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ। युद्धविराम सहमति अनुसार सोमबार अपराह्न सम्ममा सबै ४८ जनालाई रिहा गरिसक्नुपर्ने छ। यद्यपि हमासले भने उक्त अवधिमा सबै बन्धकहरूलाई हस्तान्तरण गर्न नसकिने भन्दै थप समय मागेको छ।

विपिनको परिचयमा उनी आक्रमण हुनु एक महिना अघिमात्र आफ्नो जन्मभूमि नेपालबाट इजरायल आएको र उनी गाजामा अझै जीवित रहेको विश्वास गरिएका एकमात्र गैर-इजरायली बन्धक भएको बताइन्छ। उनी विद्यार्थी आदान–प्रदान कार्यक्रमअन्तर्गत गाजाको सीमा नजिक रहेको किब्बुट्ज अलुमिममा कृषि अध्ययन र काम गर्न इजरायल आएका थिए।

आक्रमणका क्रममा उक्त कार्यक्रममा सहभागी १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो । जोशीले लुकेर बसेको सुरुङबाट केही नपड्किएको ग्रिनेड बाहिर फ्याँक्न सफल भए पनि उनी घाइते हुँदै अपहरणमा परेको बताइन्छ।

यो पनि पढ्नुहोस्

यमनमा करिब १ लाख ३० हजार मानिस विस्थापित

यमनमा करिब १ लाख ३० हजार मानिस विस्थापित

२२ घण्टा अगाडि
‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी

‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

प्रधानमन्त्रीले अमेरिका भ्रमणमा जानेक्रममा विदाईको परम्परा तोड्ने

चलचित्र विकास बोर्डको अध्यक्ष छनोटमा तीन सदस्यीय समिति गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक