आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

अमेरिकी भन्सार नीतिले डलरको दाँजोमा रुपैयाँ हालसम्मकै कमजोर

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
अमेरिकी भन्सार नीतिले डलरको दाँजोमा रुपैयाँ हालसम्मकै कमजोर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 भुवन पौडेल

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिका र भारतबीचको व्यापारिक द्वन्द्वका कारण भारतीय मुद्रा (भारु) कमजोर हुँदा नेपाली रुपैयाँको असर त्यसमा परेको हो ।

नेपाली मुद्राको विनिमय दर भारुसँग स्थिर अर्थात् १ सय भारु बराबर १ सय ६० नेपाली रुपैयाँ कायम गरिएको छ । भारतसँगको स्थिर विनिमय दरका कारण भारुमा हुने उतारचढाव आधारमा डलर र रुपैयाँको कारोबार हुन्छ ।

अमेरिकी डलरसँगको विनिमय दर पनि भारुमा परिवर्तन गरेर गणना हुने भएकाले अमेरिका र भारतको व्यापारिक द्वन्द्वको असर नेपाली विनिमय दरमा देखिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।

रुस र युक्रेन युद्धका बेला पश्चिमा देशले रुसबाट इन्धन आयात नगर्ने निर्णय गरे । त्यससँगै रुसलाई पश्चिमा देशले ऋण बक्यौता पनि भुक्तानी गर्न दबाब दिएका थिए । सोही समयमा भारतले भारु र रुसले रुबेलमा कारोबार गर्ने गरी कच्चा तेल आयात गर्न सुरु गरेको थियो ।

भारतले रुससँग स्थानीय मुद्रामा व्यापार सुरु गरेपछि अमेरिका रुष्ट हुँदै आएको थियो । त्यसपछि अमेरिकाले भारतबाट निर्यात हुने वस्तुमा ५० प्रतिशत भन्सार शुल्क कायम गरेपछि भारतमा विदेशी लगानी फिर्ता हुने क्रम बढ्न थालेको छ ।

भारतमा प्रत्यक्ष वैदेशिक लगानीमा कमी आउनुका साथै फिर्ता हुने क्रम बढ्यो । त्यसले डलरको माग बढाउँदा भारु कमजोर भएको कार्यकारी निर्देशक नेपालको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दरका आधारमा १ अमेरिकी डलर बराबर बिक्री दर १ सय ४२ रुपैयाँ ३८ पैसा र खरिद दर १ सय ४१ रुपैयाँ ७८ पैसा कायम भएको छ । यो विनिमय दर हालसम्मकै उच्च हो ।

त्यसैगरी बिहीबार एक अमेरिकी डलर बराबर ८८.७९ भारु कायम भएको छ । पछिल्लो समयमा ब्रिक्स राष्ट्रहरूले अन्तर्राष्ट्रिय व्यापारमा डलरको बाहुल्य रहेको हुनाले त्यसलाई कमजोर बनाउने संयुक्त मुद्राको अभ्यास गर्ने प्रक्रिया अघि बढाएका छन् ।

त्यसैगरी चीनले पनि आफ्नो मुद्रा युआन कारोबार गर्ने गरी सहमति गरेर आयात निर्यातको काम पनि गर्दै आएको छ । अमेरिकाले अन्तर्राष्ट्रिय व्यापारमा डलरको बाहुल्य कमजोर हुन नदिन भारतसँगको व्यापारमा कडाइ गर्दाको असर नेपाली विनिमय दरमा देखिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक नेपालको विश्लेण छ ।

रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले डलरको तुलनामा भारु थप कमजोर हुन नदिन हस्तक्षेपकारी नीति अवलम्बन गर्दै आए पनि यसपालि गरेन ।

आरबीआईले डलर र भारुको विनिमय दर उतारचढावमा कुनै पनि हस्तक्षेप नगरी बजारलाई नै निर्धारण गर्न छाडेको छ । त्यसले गर्दा पनि भारतबाट विदेशी लगानी फिर्ता जाने क्रम बढ्दा डलरको माग बढ्दा भारु कमजोर भएको हो । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि डलरसँग स्वतः कमजोर हुन्छ ।

‘भारुसँगको स्थिर विनिमय दरका कारण डलर र भारुको जति रेट छ, त्यसलाई मल्टिप्लाई गरेर राष्ट्र बैंकले विनिमय दर तोक्ने हो,’ नेपालले भने, ‘पछिल्लो समय विदेशी लगानी फिर्ता भएको र नयाँ लगानी नआएका कारण इन्डियाले आफ्नो रेट खुला छाडेको छ, डलर डिमान्ड भएपछि आईसीको माग घट्यो, डलर बढ्दा आईसी बेच्नुपर्‍याे ।’

विश्वको कुल सञ्चितिको ७५ देखि ८० प्रतिशत डलरमा छ । त्यसैगरी अन्तर्राष्ट्रिय व्यापारमा डलर प्रयोग पनि सोही अनुपातमा छ । त्यसकारण अधिकांशले डलर सञ्चिति बढाउँदा माग बढेको नेपालको बुझाइ छ ।

नेपालजस्तो मुलुकको कुल विदेशी विनिमय सञ्चितिमध्ये ६०–६५ प्रतिशत अमेरिकी डलरमा नै राख्ने गरेको जानकारी नेपालले दिए । उनका अनुसार डलरमै नराखे पनि लगानी गर्दा डलरको बाहुल्य रहेका देशमा बढी छ ।

त्यसैले अन्य देशले पनि त्यसैगरी डलरलाई नै प्राथमिकतामा राखेर कारोबार गर्ने भएकाले पनि डलर माग बढेको उनको बुझाइ छ ।

पछिल्लो समय ब्रिक्स राष्ट्रहरूसँग अमेरिकाको सम्बन्ध राम्रो नभएकाले पनि डलरको बाहुल्य कम गर्नेलाई अमेरिकाले कर बढाइदिएको अवस्थाले पनि डलर माग बढेको उनी बताउँछन ।

भारतकै सन्दर्भमा कुरा गर्दा पनि अमेरिकाले भन्सार दर बढाएपछि त्यहाँको स्टक मार्केट घट्यो, अन्य क्षेत्रको पनि लगानी फिर्ता भएको अवस्था छ ।

डलर बलियो हुँदा नेपाललाई के गर्छ असर ?

नेपाली मुद्रा डलरको तुलनामा कमजोर हुँदा मूल्यवृद्धि बढ्ने अवस्था रहन्छ । आयातमा आधारित अर्थतन्त्र भएकाले पनि आयातित वस्तुको मूल्य बढ्ने स्वाभाविक नै भयो । त्यसका साथै अन्तर्राष्ट्रिय ऋण भुक्तानी महँगो पर्न जान्छ । तर, डलर बलियो भएको खण्डमा रेमिट्यान्स आप्रवाह बढ्न जान्छ ।

त्यसैगरी निर्यात बढाउन सकेको खण्डमा पनि अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिन सकिने अवस्था रहन्छ । त्यसका साथै विदेशी लगानी बढ्ने तथा विदेशी लगानी फिर्ता नभई नेपालमै पुनः लगानी बढने अवस्था रहन्छ । online khabar

यो पनि पढ्नुहोस्

छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

१३ घण्टा अगाडि
नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक