मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

चिउरा स्वास्थ्यका लागि लाभदायक भएको दाबी

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
चिउरा स्वास्थ्यका लागि लाभदायक भएको दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आजकल मानिसहरु व्यस्त जीवनशैलीका साथै आधुनिक खानपानको बढ्दो छ ।  यसै बारेमा मुटुरोग विशेषज्ञ डा. Dr.Om Murti Anil ले हाम्रो परम्परागत खाजा ‘चिउरा’ लाई एक ‘सुपरफुड’ को रूपमा पुनः स्थापित गर्नुपर्नेमा जोड दिएकाे छ।  जंक फुड मात्र नभई, दैनिक खाइने भातभन्दा पनि चिउरा स्वास्थ्यका लागि फाइदाजनक भएको उनले दाबी गरेका छन्।

डा. अनिलले बजारमा पाइने चाउचाउ, बिस्कुट, पिज्जा र बर्गर जस्ता प्रशोधित खाजाहरूले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पारिरहेको अवस्थामा घरमै सजिलै उपलब्ध हुने चिउरा उत्तम विकल्प भएको जनाए ।

चिउरा यसकारण पोषिलो ?

डा. अनिल भन्नू हुन्छ, पौष्टिक तत्वको हिसाबले चिउरा भातभन्दा धेरै अगाडि छ। उनले प्रस्तुत गरेको तथ्यांक तल प्रस्तुत छ :

चिउरामा भातको तुलनामा करिब १० गुणा बढी फाइबर पाइन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ।

रगतको कमी हुनबाट बचाउने महत्वपूर्ण तत्व आइरन पनि चिउरामा भातमा भन्दा १० गुणा बढी हुन्छ।

यसमा क्याल्सियम, पोटासियम, म्याग्नेसियम र जिङ्क जस्ता आवश्यक खनिजहरू पनि पर्याप्त मात्रामा पाइन्छन्, जुन सेतो पोलिस गरिएको भातमा निकै कम हुन्छ।

के मधुमेहका बिरामीले खान मिल्छ ?

मधुमेहका बिरामीहरूका लागि खाजा छनोट गर्नु एक चुनौती हो। यस सन्दर्भमा डा. अनिलले चिउरालाई सही तरिकाले खाएमा उत्तम विकल्प हुने जनाए । “चिउराको ग्लाइसेमिक इन्डेक्स (GI) भातको भन्दा कम हुन्छ, जसले रगतमा चिनीको मात्रा एक्कासि बढाउँदैन,” उनले भने। तर, यसमा कार्बोहाइड्रेडको मात्रा उच्च हुने भएकाले थोरै मात्रामा खान र प्रोटिनयुक्त खानेकुरा जस्तै गेडागुडी वा दहीसँग मिसाएर खान उनले सुझाव दिए।

चिउरा खाने सही र गलत तरिका

डा. अनिलले चिउराको फाइदा लिन यसलाई खाने सही तरिका अपनाउनुपर्नेमा विशेष जोड दिएका छन्।

के नगर्ने ?: बजारमा पाइने प्याकेटका भुटेका चिउरा (फुरनदाना, दालमोठ) खानु स्वास्थ्यका लागि हानिकारक छ। त्यसमा अस्वस्थकर तेल, बढी नुन, र MSG जस्ता रसायनहरू मिसाइएको हुन्छ। साथै, घरमा भुट्दा पनि कालो हुने गरी डढाउनु हुँदैन, किनकि त्यसले पौष्टिक तत्व नष्ट गर्छ।

यसरी खाने ?: काँचो खानुको सट्टा घरमै तावामा हल्का भुटेर खानु सबैभन्दा उत्तम हो। हल्का भुट्दा यसमा भएको स्टार्च ‘रेजिस्टेन्ट स्टार्च’ मा परिणत हुन्छ, जसले फाइबरको काम गर्छ। यसलाई अझै पौष्टिक बनाउन गेडागुडी, बदाम, काजु, दही, तरकारी वा मासु/अण्डासँग मिसाएर खान सकिन्छ।

डा. अनिलकोले  भान्सामा रहेको यो साधारण खाजा वास्तवमा स्वास्थ्यको खजाना हो। बाहिरको महँगो र अस्वस्थकर खाजाको पछि लाग्नुभन्दा घरमै थोरै मेहनत गरेर बनाइएको चिउराको खाजाले हाम्राे स्वास्थ्य र धन दुवै बचाउन मद्दत गर्छ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशकाे ३७ अर्ब ७० करोड बजेट प्रस्तुत

सुदूरपश्चिम प्रदेशकाे ३७ अर्ब ७० करोड बजेट प्रस्तुत

१ घण्टा अगाडि
शिक्षक सरुवामा कडाइ

शिक्षक सरुवामा कडाइ

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक