शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्वकपका अतिथिलाई खाना खुवाउँछन् विनोद

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
विश्वकपका अतिथिलाई खाना खुवाउँछन् विनोद
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  यति बेला संसारभरका मानिसको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्व कपमा केन्द्रित छ । आज शुक्रवार रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल पारखी आ–आफ्नै तयारीमा जुटेका छन् । सबैलाई यति बेला खेलको रोमाञ्चक क्षणको व्यस्तताले भुलाएको छ । तीमध्ये सबैभन्दा बढी व्यस्त देखिनुहुन्छ, कतारको एउटा सेन्टर किचेनमा बसेर कुन खेल हेर्न कुन स्टेडियममा को को अति विशिष्ट पाहुनाको आगमन हुन्छ र उनीहरूलाई के खुवाएर स्वागत गर्ने भन्ने जिम्मा पाउनुभएका विनोद बराल ।

पाँच सय ५० जना भान्छेसहित एक हजार एक सय जना कर्मचारीको नेतृत्व लिएर विनोदले यो विश्व कप सुरु भएदेखि नै विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई उनीहरूको मन पर्ने खाना खुवाइसक्नु भएको छ । जसरी फुटबल फाइनल खेलसम्मका लागि संसार तातिरहने छ र अति विशिष्ट पाहुनाको आगमन बढ्दै जानेछ, त्यस्तै विनोदले नेतृत्व गरेको किचेनको व्यस्तता पनि बढ्दै गएको छ ।

विश्व कप फुटबललाई पहिलो पटक आयोजना गर्ने अवसर पाएको खाडी देश कतारले यो मौकालाई फुटबलमा मात्र सीमित गरेको छैन । कतारले यो प्रतियोगितालाई आफ्नो संस्कृति र खानालाई संसारभरि फैलाउने अवसरका रूपमा पनि लिएको छ । कतारको त्यो सपनालाई पूरा गराउन विशिष्ट पाहुनाहरूलाई उत्कृष्ट खाना खुवाएर सहयोग गरिरहनु भएको छ उनै एक नेपाली विनोद ।

लन्डनमा कार्यरत नेपाली सेफ र खाद्य अनुसन्धानकर्ता विनोदले नेतृत्व गर्नुभएको टोलीले विश्व कपको अहिलेसम्मको खेलमा टर्कीका राष्ट्रपति रिसेप तैयब उर्दवान, प्रसिद्ध अमेरिकी अभिनेता मर्गन फ्रिम्यानदेखि फुटबलका सुपरस्टार डेभिड वेकमसम्मलाई खाना खुवाइ सकेको छ । यो टोलीले आउँदाे पुस ३ गते हुने फाइनल खेलसम्म अनेकन विशिष्ट तथा अति विशिष्ट व्यक्तित्वहरूलाई खाना खुवाउने छ ।

विश्व कपका विशिष्ट तथा अति विशिष्ट पाहुनालाई के खुवाउने भन्ने मेनु (परिकारहरूको सूची) तयार गर्नका लागि विनोद र उहाँको टोली दुई महिना अगाडि नै कतार पुगेको थियो । विनोदले राष्ट्रिय समाचार समितिसँग टेलिफोनमा कुरा गर्दै भन्नुभयो, ‘हामीले कतारमा सबैभन्दा मन पराइएको र सबैभन्दा धेरै पटक खाइने परिकारका बारेमा अनुसन्धान गर्‍याैँ । त्यसबाट हामीलाई यहाँको खानपानका बारेमा धेरै ज्ञान भयो । अनि हामीले तीन वटा खानाको वरपर बसेर मेनु बनाउने भयाैँ । पहिलो कतारका परिकारहरू, यहाँ सबैभन्दा रूचाइने भारतीय उपमहाद्विपका खाना तथा अन्तर्राष्ट्रिय खेल भएकाले पश्चिमी देशका खानाहरूका आधारमा परिकारको मेनु बनायौँ ।’

पोखरामा जन्मिनु भएका विनोद औपचारिक शिक्षा लिएर यो पेसामा अन्तर्राष्ट्रिय रूपमा नै माथिल्लो तहमा पुग्ने थोरै नेपालीमध्येमा पर्नु हुन्छ । उहाँ अहिले अस्ट्रियाको इभेन्ट म्यानेजमेन्टसम्बन्धी मल्टिनेशनल कम्पनी गोर्मेट इन्टरटेन्टमेन्ट ग्रुप (डिएण्डको इन्टनेशनल) को रिसर्च एण्ड डेभेलपमेन्ट तथा इनोभेसन किचेन डिपार्टेमन्टको प्रमुख हुनुहुन्छ । यो कम्पनीले नै विश्व कप फुटबल प्रतियोगिताका लागि खानासम्बन्धी अनुसन्धान गर्ने, मेनु तयार गर्ने र विशिष्ट तथा अति विशिष्ट पाहुनालाई खाना क्याटरिङ गर्ने काम पाएको छ । डिएण्डको वेबसाइटका अनुसार यो कम्पनीले ७६ वटा एअरलाइन्स तथा तिनका एक्ज्युकेटिभ लाउन्जमा क्याटरिङको काम गर्दै आएको छ ।

विनोद भन्नुहुन्छ, ‘’विश्व कप फुटबल २०२२ को पार्टनर कतार एअरलाइन्समा हाम्रो कम्पनीकै क्याटरिङ हुन्छ । त्यही नाताले हामी विश्व कप फुटबलसँग जोडिएका हौँ ।’’ कतारमा खाना र परिकारका बारेमा प्रारम्भिक अनुसन्धानपछि विनोदको टोलीले कतारको खानाका बारेमा त्यहाँको सबैभन्दा सम्मानित सेफ आइसा अल तमिमिसँग औपचारिक तालिमसमेत लिएको थियो । यसले आफ्नो आधिकारिक स्वादलाई प्रवर्द्धन गर्ने काममा कतार सरकार कति गम्भीर छ भन्ने पनि देखाउँछ । यो तालिमबाट विनोदको टोलीलाई पनि कतारको आधिकारिक स्वाद आफ्ना परिकारको अनुसन्धानमा जोडन सजिलो भयो ।

उहाँ भन्नुहुन्छ, ‘अनि हामी विभिन्न परिकारको तयारीमा लाग्यौँ । यसमा खानाको तयारी, त्यसको विकास, त्यसको स्वाद तथा परिकारको प्रस्तुतीकरण एवम् परीक्षणका कुराहरू समावेश हुन्छ । एउटा कार्यशालाका मार्फतबाट हामी स्वाद तथा परिकारको प्रस्तुतीकरणका विषयमा विभिन्न विशेषज्ञबाट प्रतिक्रिया पनि लिन्छाैँ ।’

कतार सरकार तथा विश्व कपका अधिकारीहरूले विनोदको टोलीले तयार गरेका खानाको गुणस्तर तथा स्वाद हेरेर/चाखेर स्वीकृति दिएपछि मात्र खानाको मेनु तयार भएको थियो । उहाँ भन्नुहुन्छ, ‘होस्ट कन्ट्री (आतिथ्यता गर्ने राष्ट्र) भएका नाताले आफ्नो खाना तथा स्वादसँगै स्थानीय तरकारी, मरमसला तथा मासुलगायतका उत्पादनको प्रवर्द्धन गर्ने कतार सरकारको चाहनालाई पनि यहाँ परिकारहरू तयार गर्दा हामीले सम्मान गरेका छौँ ।’

फुटबलको खेल हेर्न आउने विशिष्ट तथा अति विशिष्ट पाहुनाहरूका बारेमा उहाँको टोलीलाई पहिले नै सूचित गरिन्छ । त्यही सूचनाका आधारमा खाना तयार गरिन्छ । स्थानीय तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै तापक्रम कम बनाइएको गाडीमा राखेर खानालाई स्टेडियममा पुर्‍याउने गरिन्छ । उहाँका अनुसार जुन दिन जुन देशको खेल हुन्छ ती देशका एक/एक परिकार अनिवार्य समावेश गरिन्छ । उदाहरणका लागि बेलायतको खेल हुँदैछ भने त्यहाँको सबैभन्दा प्रिय खाना फिस एण्ड चिप्स (माछा र तारेको आलु) तयार गर्छाैँ । मोरोक्कोले खेलेको दिन ताजिन र खुसखुस बनाएको उहाँले सुनाउनुभयो ।

चिसो बनाइएको भ्यानमा खाना स्टेडियममा पुर्‍याएर सुरक्षा जाँचको काम सकिएपछि टोलीले पाहुनालाई खाना दिने गर्दछ । उहाँ भन्नुहुन्छ, ‘साउदी अरेबियाको राजपरिवार, टर्कीका राष्ट्रपति रिसेप तैयब उर्दवान, भारतका उपराष्ट्रपति जगदिप धनकर, प्रसिद्ध अमेरिकी अभिनेता मर्गन फ्रिम्यान, प्रख्यात फुटबलर डेभिड वेकम, आर्सनल क्लबका म्यानेजर आर्सी वाग्नरलगायतका विशिष्ट व्यक्तिहरूले हामीले तयार गरेको खानाको उच्च प्रशंसा पनि गरेका थिए ।’

विनोदको ज्ञानका कारण उहाँलाई अन्तर्राष्ट्रिय परिकारको दुनियामा ‘मसला पण्डित’ भनेर पनि चिनिन्छ । अनि खानपानबाहेकका क्षेत्रमा गरेका विभिन्न योगदानका कारण सेफभन्दा अलि धेरै काम गर्ने मानिसका रूपमा पनि विनोदको परिचय बनेको छ । यो क्षेत्रमा २० वर्षभन्दा बढी काम गर्दा उहाँले नेपाली परिकारलाई विश्व मानचित्रमा स्थापित गर्ने अनेक काम गर्नुभएको छ । विनोदले लन्डनमा खोल्नु भएको रेष्टुरेन्ट मःमः एण्ड रोटी पनि हो । नेपाली खाना भारतीय खानाभन्दा धेरै फरक हो भनेर अभियान चलाउने विनोद कतारमा विश्व कप फुटबल हेर्न आउने संसारका विशिष्ट व्यक्तित्वहरूलाई खाना चखाएर खाना कुटनीति अनुभव लिँदै हुनुहुन्छ ।

विनोद भन्नुहुन्छ, “खानाले मानिस संस्कृति र देशहरू जोड्ने काम गर्छ । म नेपाललाई र बेलायत तथा दुनियाका अन्य देशहरूसँग खाना, संस्कृति तथा परोपकारका कर्महरूका आधारमा जोड्न चाहन्छु ।” यो विश्व कप र यस्ता अन्य कार्यक्रममार्फत विनोदले चलाएको खाना कुटनीतिले नेपालको छविलाई विश्व मानचित्रमा अझै माथि उठाउन बल पुग्ने विश्वास गरिएकोे छ । रासस

यो पनि पढ्नुहोस्

अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश

अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश

२ घण्टा अगाडि
केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा कोलम्बिया अन्तिम १६ मा प्रवेश

ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ प्रारम्भ

केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

साहित्यकार प्रशान्त महासागरकाे पुस्तक बिमाेचन हुने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक